नयाँदिल्ली– गत २४ घण्टाको अविधमा भारतको विभिन्न भागमा २० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत तीन दिनसम्म कोरोना संक्रमितको संख्या २० हजार भन्दा कम रहेकामा बिहीबार भने २० हजार नाघेको हो।
हाल भारतमा कोरोना संक्रमितको संख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ। देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय संक्रमित छन्।
पछिल्लो एक दिनमा १९ हजार दुई १६ संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ।
कोरोना संक्रमणबाट पछिल्लो एकदिनमा ४४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ११ जनाको मृत्यु भएको छ।
महामारी सुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।