भारत- पश्चिम बंगालबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद अधीर रंजन चौधरीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई 'राष्ट्रपत्नी' बताएपछि विवाद बढेको छ।
उनको उक्त भनाइको बीजेपी नेताले विरोध गरिरहेका छन् र कांग्रेसकी अन्तरिम अध्यक्ष सोनियाँ गान्धीलाई माफी माग्न भनिरहेका छन्। कांग्रेस नेता गान्धी भने पछिल्लो तीन दिनदेखि प्रवर्तन निर्देशनालयको सोधपुछको विरोधमा धर्ना दिइरहेकी छिन्।
बुधबार धर्नापछि अधीरले एक समाचार च्यानलसँग कुरा गर्ने क्रममा राष्ट्रपति मुर्मुलाई राष्ट्रपत्नी बताएका थिए। उनले भनेका थिए, 'हिजो जानै दिइएन। आज पनि गइन्छ। हिन्दुस्तानकी राष्ट्रपति सबैका लागि हुन्। राष्ट्रपति जी, होइन राष्ट्रपत्नीजी, हिन्दुस्तानकी राष्ट्रपत्नी जी सबैका लागि हुन्। हाम्रा लागि किन छैनन्?'
विरोधपछि सांसद चौधरीले आफूले माफी नमाग्ने बताएका छन्। उनले राष्ट्रपति जो भए पनि आफ्ना लागि राष्ट्रपति नै भएको बताउँदै एकपल्ट शब्द निस्किएको बताएका छन्। यसलाई सत्ताधारीले ठूलो विषय बनाएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।