काठमाडौं- मूल्य वृद्धिमा लगाम लगाउनका लागि अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्वले एक पटक फेरि बढ्दो व्याज दरमा वृद्धिको घोषणा गरेको छ।
बैंकले लगातार दोस्रो पटक व्याजदरमा ०.७५ प्रतिशतको वृद्धि गरेको हो। फेडरल फण्डले घरेलु बैंकले केन्द्रीय बैंकसँग पैसा लिने दरको २.२५ प्रतिशतबाट २.५ प्रतिशत सम्म लैजाने बताएको छ।
अर्थव्यवस्थामा मागको स्तर र मूल्य कम गर्नका लागि बैंक मार्चदेखि ऋण लिने लागत बढाइरहेको छ। तर यो कदमले अमेरिकालाई मन्दीतर्फ लैजाने आशंका व्यक्त गरिएको छ।
अमेरिकामा महँगी ४० वर्ष यताकै उच्च स्तरमा पुगेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।