• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

खोइ फुटबल? राजनीतिले खायो!

64x64
दीप सुवेदी मंगलबार, साउन १०, २०७९  २१:०४
1140x725

काठमाडौं– नियमित गतिविधि यथावत् चलिरहेको भए, अहिले काठमाडौं फुटबलमय भइरहेको हुन्थ्यो। नेपाल सुपर लिग (एनएसएल) र सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारीमा सबैको ध्यान केन्द्रित हुन्थो। तर, अहिले नेपाली फुटबलले राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ।

कम्तीमा ६ महिना व्यस्तजस्तो देखिने नेपाली फुटबल गतिविधिमा अहिले सन्नाटा छाएको छ। जसका कारण फुटबलसँग जोडिएका खेलाडी, रेफ्री र प्रशिक्षक बेरोजगार भएका छन्। यति हुँदा पनि कोही नबोलेको गुनासो गर्छन् मिडफिल्डर जगजित श्रेष्ठ।

‘वर्षमा ३ महिनाको लिग खेलेर ९ महिना बेरोजगार हुँदा पनि हामी खेलाडी, रेफ्री र प्रशिक्षक किन कुनै आवाज उठाउँदैनौ?’ उनी भन्छन्, ‘यदी अबको केही हप्तामा पनि कुनै प्रतियोगिता हुने छाँटकाट भएन भने त्यसको विरुद्ध म हरेक दिन अवाज उठाउनेछु।’

एकै खेलमा ४ हजारभन्दा माथि समर्थक उपस्थित रहने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अहिले कोरोना महामारीमाजस्तै ‘होम क्वारेन्टिन’मा छ। जसले गर्दा दुई दर्जन (ए डभिजन र एनएसएलका)भन्दा बढी क्लबहरूलाई भविष्यमा हुन सक्ने आर्थिक संकटले पिरोलेको छ।

  क्लबलाई मात्र होइन, कोरोनाले थलिएपछि उठ्ने कोसिस गरिरहेको सिंगो फुटबल नै कसरी तंग्रिएला भन्ने प्रश्न व्याप्त छ। तर, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)लाई भने योबारेमा सोच्ने फुर्सद मिलेको छैन।

jagaji1658676790.jpg
मिडफिल्डर जगजित श्रेष्ठ

‘फुटलबल गतिविधि सञ्चालनमै छ’
एन्फा महासचिव किरण राई भने बाहिर हल्लामा रहेको जस्तो फुटबल गतिविधि शुन्य अवस्था नरहेको जिकिर गर्छन्। उनी प्रतियोगिताकै लागि युवा टोलीलाई दुई महिनादेखि प्रशिक्षण गराइरहेको र त्यही टोलीले प्रतियोगिता पनि खेलिरहेको बताउँछन्।

‘अहिलेको अवस्थामा फुटबल गतिविधि नै भएन भनेर भन्न मिल्ने अवस्था छैन। युवा टोलीले प्रतियोगिता खेलिरहेका छन्। अर्को युवा टोली (यू–१७) बनाउने तयारी गरिरहेका छौं। सिनियर टोली र लिगहरुलाई लक्षित गरेर खेल चाहीँ सञ्चालन भएको छैन,’ उनले नेपाल लाइभसँग भने।

महासचिव राईले भनेजस्तै भारतको भुवनेश्वरमा जारी साफ यू–२० चाम्पियनसिप खेल्ने टोली बनाउन एन्फाले दुई महिना नखर्चिएको होइन। तर, वास्तविकता भने राईले ठोकुवा गरेभन्दा फरक छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले यस प्रतियोगिताको लागि दुई महिनायता नै तयारी गर्दै आएको थियो। तर, त्यसको अधिकांश समय भने खेलाडी छनोटमै बित्यो। टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले खुला छनोटमार्फत् ७०० खेलाडीबाट ३० जना छान्न निकै झमेला झेल्नु पर्‍यो।

बिशेषगरी कोरोना महामारीपछि अस्तव्यस्त बनेको नेपाली फुटबल र नयाँ नेतृत्व पदकै लागि लडिरहँदा आयोजना हुनुपर्ने एनएसएल मात्रै होइन, उमेर समूहका प्रतियोगिता पनि सञ्चालन भएनन्। यसले टोली बनाउन निक्कै गाह्रो पर्‍यो केसीलाई।

U17_Football_Team1658832827.jpg
यू–१७ खेलाडी छनोट हुँदै

‘कोभिडले पनि असर गर्‍यो। यू–२० टिम बनाउँदा सपोर्टिङ टिम थिएन। आजभन्दा ५–६ वर्षअघि यू–१६ खेलेको टिम मात्र थियो सपोर्टका लागि। तर, अहिले त्यो छैन। त्यसैले अहिले नेपाली फुटबल जसरी चलिराछ त्यसकै असरले गर्दा अहिले यसरी टिम बनाउनुपरेको हो,’ केसीले भारत पुग्नु अघि भनेका थिए।

यसअघि उमेर समूहमा ललित स्मृति यू–१८ च्याम्पियनससिप हुन्थ्यो। त्यसबाट यू–१९ राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिन्थ्यो। तर, यसपटक त्यो प्रतियोगिता भएन। जसले गर्दा पुराना खेलाडीको उमेर कटिसक्यो भने नयाँ खेलाडी आउन नै पाएनन्।

यद्यपि उनले खुला छनोटमार्फत् भएपनि ‘ए’ डिभिजन लिगको अनुभव संगालेका आयुष घलना, क्रितिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई जस्ता खेलाडीहरुलाई समेटेर टोली बनाए। तर, उक्त टोलीले पनि विदेशी खेलाडीहरुसँग मैत्रीपूर्ण खेल खेल्न पाएन।

तर, महासचिव राई भने नयाँ कार्यसमिति भएको कारण नै अहिले यस्तो समस्या आइपरेको बताउँछन्। विगतमै बनेको क्यालेन्डरअनुसार फुटबल गतिविधि सञ्चालन हुन नसकेका कारण युवा टोलीको छनोट त्यसरी गर्न परेको उनी बताउँछन्।

‘हाम्रो नयाँ कार्यसमिति हो। यो कार्यसमितिले भर्खर काम गर्न थालेको छ। जसले गर्दा हामीले युवा टोलीलाई लक्षित गरेर प्रतियोगिता सञ्चालन गर्न सकेनौं। अब क्यालेन्डर बनाएर अगाडि बढ्छौं,’ उनले भने।

1627904862_Kiran-Rai-ANFA.jpg
एन्फा महासचिव किरण राई

एनएसएल अनिश्चित, एन्फामा राजनीतिक संकट
एन्फाले दुई वर्षअघि जनाएको प्रतिबद्धताअनुसार एनएसएलको दोस्रो संस्करण गत चैतदेखि नै सञ्चालन हुनुपर्ने हो। तर, फागुनमै खेलाडी अक्सनबाट भित्र्याएर चैत २६ देखि जेठ ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारीमा रहेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)लाई एन्फाले स्वीकृति दिएन।

‘ए’ डिभिजन क्लबको स्वामित्व समेत रहेका एन्फाकै पदाधिकारीहरुले एनएसएलका फ्रेन्चाइजी टोलीहरुले अनुमति नै नलिइ कन्ट्र्याकमा रहेका आफ्ना खेलाडीलाई भित्र्याएको भन्दै विवाद उत्पन्न गराए। उक्त विवाद बढ्दै गएपछि एन्फाका पदाधिकारीले यसलाई चुनावमा भोट प्राप्त गर्ने ‘फन्डा’ बनाए।

‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रसहित संकटा, न्यूरोड टिम, सातदोबाटो युथ, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स क्लबसँग कुरा मिलाउने भन्दै कार्यदल बनाएर प्रतियोगिता मात्रै रोकेनन्, यही क्लबको माध्यमबाट भोटसमेत बटुले।

तर, निर्वाचित भएर एन्फाको नयाँ कार्यसमिति आइसक्दा पनि उत्पन्न विवाद अझै सुल्झन सकेको छैन। जेठ ३१ गते तत्कालीन महासचिव इन्द्रमान तुलाधारले पठाएको पत्रमा एनइएसएमलाई प्रतियोगिता सञ्चालन गर्न भदौ २५ गतदेखि कात्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको थियो। तर, नयाँ कार्यसमितको बैठकपछि एन्फाले विवाद समाधान नभएसम्म दोस्रो संस्करणको एनएसएल नहुने जनाएको छ।

1646397480_NSL-Dinesh-Sunil.jpg
दोस्रो संस्करणको एनएसएल अक्सनमा काठमाडौं रेजर्सका प्रतिनिधि

खेलाडी स्थानान्तरणको विषयदेखि फिफा र एफसीमा क्लब सिफारिस सम्बन्धमा ‘ए’ डिभिजन लिगका ४  क्लबले प्रश्न उठाएपछि उब्जिएको समस्या दोस्रो संस्करण आयोजनाका लागि बाधक बनेको छ।

पहिलो संस्करणमा भन्दा ३ बढी टोलीले एनएसएलमा सहभागिता जनाउँदै छन्। तर, खेलाडीलाई व्यवसायिक बनाउने उद्देश्यसहित सुरु भएको प्रतियोगिता २ पटक मिति तोकिए पनि अझै अन्योल छ।

‘प्रतियोगिता आयोजना सम्बन्धमा साउन ५ गते बसेको एन्फा कार्यसमितिको बैठकपछि निर्धारण हुने तय थियो। तर, बैठक अजेन्डामा प्रवेश नगरी स्थगित भएपछि छलफल गर्न पाएनौं। अब अर्को बैठकले यसबारे निर्धारण गर्छ,’ महासचिव राई भन्छन्।

यता, फुटबलको सर्वोच्च निकाय फिफाले भष्ट्राचारी ठहर गरिसकेका पूर्वअध्यक्ष गणेश थापाको ‘समूह’ले भने बैठक अगाडि बढाउन दिएको छैन। उनीहरुले थापाका छोरा गौरवलाई सिईओ बनाउनुपर्ने र अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट नविन पाण्डेलाई हटाउनु पर्ने माग अगाडि सारेका छन्। उनीहरुले उक्त माग पूरा नभएसम्म अन्य अजेन्डालाई अगाडि बढाउन नदिने मनशाय व्यक्त गरेका छन्।

May be an image of 6 people and people standing
सपथ लिएपछि एन्फाका पदाधिकारीहरु

जसको कारण एनएसएल पर धकेलिएको छ भने फुटबल गतिविधिको क्यालेन्डर एन्फाले तत्काल सार्वजनिक गर्न नसक्ने देखिएको छ। यसले फुटबल गतिविधि अझै सञ्चालनमा आउन धेरै समय लाग्ने देखिएको छ।

‘अहिले हामी कार्यसमितिको बैठक र आर्थिक अडिटमा काम गरिरहेका छौं। त्यो सकिएपछि वार्षिक क्यालेन्डर बनाउँछौं। अहिले १/२ वर्षको क्यालेन्डरभन्दा पनि ४ वर्षको एकसाथ बनाउने गृहकार्यमा छौं। क्यालेन्डर सार्वजनिक भएपछि त्यसैअनुसार अगाडि बढ्छौं,’ महासचिव राईले भने।

तर, एन्फालाई वार्षिक क्यालेन्डरअनुसार काम गर्न पनि सहज नहुने देखिएको छ। आर्थिक संकटको सामना गरिरहेको एन्फालाई फिफाले नै खर्च कटौति गरिरहेको छ भने बजारमा गतिलो ‘स्पोन्सर’ पाउन सकेको छैन। जसले गर्दा विगतमा भइरहेको ‘ए’ डिभिजन लिगसमेत समयमै हुने हो या होइन भन्नेमा शंका उब्जिन थालेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
अञ्जन, रोहित र मनिष बंगलादेशी क्लबमा अनुबन्ध नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित ३ नेपाली खेलाडी बंगलादेशी क्लबमा अनुबन्ध भएका छन्। शनिबार, भदौ २७, २०८३
युनाइटेडको गोल वर्षा करिब तीन वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको म्यानचेस्टर युनाइटेडले सानदार सुरुआत गरेको छ। शुक्रबार, भदौ २६, २०८३
राफिन्हाको २ गोलसँगै बार्सिलोनाको सानदार सुरुआत राफिन्हाले दुई गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा फेयेनोर्डलाई ५–१ ले पराजित गरेको छ। बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने शनिबार, भदौ २७, २०८३
यूएईलाई हराउँदै नेपाल एसिया कपमा शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्