• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ५, २०८२ Fri, Nov 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

खोइ फुटबल? राजनीतिले खायो!

64x64
दीप सुवेदी मंगलबार, साउन १०, २०७९  २१:०४
1140x725

काठमाडौं– नियमित गतिविधि यथावत् चलिरहेको भए, अहिले काठमाडौं फुटबलमय भइरहेको हुन्थ्यो। नेपाल सुपर लिग (एनएसएल) र सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारीमा सबैको ध्यान केन्द्रित हुन्थो। तर, अहिले नेपाली फुटबलले राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ।

कम्तीमा ६ महिना व्यस्तजस्तो देखिने नेपाली फुटबल गतिविधिमा अहिले सन्नाटा छाएको छ। जसका कारण फुटबलसँग जोडिएका खेलाडी, रेफ्री र प्रशिक्षक बेरोजगार भएका छन्। यति हुँदा पनि कोही नबोलेको गुनासो गर्छन् मिडफिल्डर जगजित श्रेष्ठ।

‘वर्षमा ३ महिनाको लिग खेलेर ९ महिना बेरोजगार हुँदा पनि हामी खेलाडी, रेफ्री र प्रशिक्षक किन कुनै आवाज उठाउँदैनौ?’ उनी भन्छन्, ‘यदी अबको केही हप्तामा पनि कुनै प्रतियोगिता हुने छाँटकाट भएन भने त्यसको विरुद्ध म हरेक दिन अवाज उठाउनेछु।’

एकै खेलमा ४ हजारभन्दा माथि समर्थक उपस्थित रहने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अहिले कोरोना महामारीमाजस्तै ‘होम क्वारेन्टिन’मा छ। जसले गर्दा दुई दर्जन (ए डभिजन र एनएसएलका)भन्दा बढी क्लबहरूलाई भविष्यमा हुन सक्ने आर्थिक संकटले पिरोलेको छ।

  क्लबलाई मात्र होइन, कोरोनाले थलिएपछि उठ्ने कोसिस गरिरहेको सिंगो फुटबल नै कसरी तंग्रिएला भन्ने प्रश्न व्याप्त छ। तर, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)लाई भने योबारेमा सोच्ने फुर्सद मिलेको छैन।

jagaji1658676790.jpg
मिडफिल्डर जगजित श्रेष्ठ

‘फुटलबल गतिविधि सञ्चालनमै छ’
एन्फा महासचिव किरण राई भने बाहिर हल्लामा रहेको जस्तो फुटबल गतिविधि शुन्य अवस्था नरहेको जिकिर गर्छन्। उनी प्रतियोगिताकै लागि युवा टोलीलाई दुई महिनादेखि प्रशिक्षण गराइरहेको र त्यही टोलीले प्रतियोगिता पनि खेलिरहेको बताउँछन्।

‘अहिलेको अवस्थामा फुटबल गतिविधि नै भएन भनेर भन्न मिल्ने अवस्था छैन। युवा टोलीले प्रतियोगिता खेलिरहेका छन्। अर्को युवा टोली (यू–१७) बनाउने तयारी गरिरहेका छौं। सिनियर टोली र लिगहरुलाई लक्षित गरेर खेल चाहीँ सञ्चालन भएको छैन,’ उनले नेपाल लाइभसँग भने।

महासचिव राईले भनेजस्तै भारतको भुवनेश्वरमा जारी साफ यू–२० चाम्पियनसिप खेल्ने टोली बनाउन एन्फाले दुई महिना नखर्चिएको होइन। तर, वास्तविकता भने राईले ठोकुवा गरेभन्दा फरक छ।

Ncell 2
Ncell 2

नेपालले यस प्रतियोगिताको लागि दुई महिनायता नै तयारी गर्दै आएको थियो। तर, त्यसको अधिकांश समय भने खेलाडी छनोटमै बित्यो। टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले खुला छनोटमार्फत् ७०० खेलाडीबाट ३० जना छान्न निकै झमेला झेल्नु पर्‍यो।

बिशेषगरी कोरोना महामारीपछि अस्तव्यस्त बनेको नेपाली फुटबल र नयाँ नेतृत्व पदकै लागि लडिरहँदा आयोजना हुनुपर्ने एनएसएल मात्रै होइन, उमेर समूहका प्रतियोगिता पनि सञ्चालन भएनन्। यसले टोली बनाउन निक्कै गाह्रो पर्‍यो केसीलाई।

U17_Football_Team1658832827.jpg
यू–१७ खेलाडी छनोट हुँदै

‘कोभिडले पनि असर गर्‍यो। यू–२० टिम बनाउँदा सपोर्टिङ टिम थिएन। आजभन्दा ५–६ वर्षअघि यू–१६ खेलेको टिम मात्र थियो सपोर्टका लागि। तर, अहिले त्यो छैन। त्यसैले अहिले नेपाली फुटबल जसरी चलिराछ त्यसकै असरले गर्दा अहिले यसरी टिम बनाउनुपरेको हो,’ केसीले भारत पुग्नु अघि भनेका थिए।

यसअघि उमेर समूहमा ललित स्मृति यू–१८ च्याम्पियनससिप हुन्थ्यो। त्यसबाट यू–१९ राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिन्थ्यो। तर, यसपटक त्यो प्रतियोगिता भएन। जसले गर्दा पुराना खेलाडीको उमेर कटिसक्यो भने नयाँ खेलाडी आउन नै पाएनन्।

यद्यपि उनले खुला छनोटमार्फत् भएपनि ‘ए’ डिभिजन लिगको अनुभव संगालेका आयुष घलना, क्रितिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई जस्ता खेलाडीहरुलाई समेटेर टोली बनाए। तर, उक्त टोलीले पनि विदेशी खेलाडीहरुसँग मैत्रीपूर्ण खेल खेल्न पाएन।

तर, महासचिव राई भने नयाँ कार्यसमिति भएको कारण नै अहिले यस्तो समस्या आइपरेको बताउँछन्। विगतमै बनेको क्यालेन्डरअनुसार फुटबल गतिविधि सञ्चालन हुन नसकेका कारण युवा टोलीको छनोट त्यसरी गर्न परेको उनी बताउँछन्।

‘हाम्रो नयाँ कार्यसमिति हो। यो कार्यसमितिले भर्खर काम गर्न थालेको छ। जसले गर्दा हामीले युवा टोलीलाई लक्षित गरेर प्रतियोगिता सञ्चालन गर्न सकेनौं। अब क्यालेन्डर बनाएर अगाडि बढ्छौं,’ उनले भने।

1627904862_Kiran-Rai-ANFA.jpg
एन्फा महासचिव किरण राई

एनएसएल अनिश्चित, एन्फामा राजनीतिक संकट
एन्फाले दुई वर्षअघि जनाएको प्रतिबद्धताअनुसार एनएसएलको दोस्रो संस्करण गत चैतदेखि नै सञ्चालन हुनुपर्ने हो। तर, फागुनमै खेलाडी अक्सनबाट भित्र्याएर चैत २६ देखि जेठ ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारीमा रहेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)लाई एन्फाले स्वीकृति दिएन।

‘ए’ डिभिजन क्लबको स्वामित्व समेत रहेका एन्फाकै पदाधिकारीहरुले एनएसएलका फ्रेन्चाइजी टोलीहरुले अनुमति नै नलिइ कन्ट्र्याकमा रहेका आफ्ना खेलाडीलाई भित्र्याएको भन्दै विवाद उत्पन्न गराए। उक्त विवाद बढ्दै गएपछि एन्फाका पदाधिकारीले यसलाई चुनावमा भोट प्राप्त गर्ने ‘फन्डा’ बनाए।

‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रसहित संकटा, न्यूरोड टिम, सातदोबाटो युथ, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स क्लबसँग कुरा मिलाउने भन्दै कार्यदल बनाएर प्रतियोगिता मात्रै रोकेनन्, यही क्लबको माध्यमबाट भोटसमेत बटुले।

तर, निर्वाचित भएर एन्फाको नयाँ कार्यसमिति आइसक्दा पनि उत्पन्न विवाद अझै सुल्झन सकेको छैन। जेठ ३१ गते तत्कालीन महासचिव इन्द्रमान तुलाधारले पठाएको पत्रमा एनइएसएमलाई प्रतियोगिता सञ्चालन गर्न भदौ २५ गतदेखि कात्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको थियो। तर, नयाँ कार्यसमितको बैठकपछि एन्फाले विवाद समाधान नभएसम्म दोस्रो संस्करणको एनएसएल नहुने जनाएको छ।

1646397480_NSL-Dinesh-Sunil.jpg
दोस्रो संस्करणको एनएसएल अक्सनमा काठमाडौं रेजर्सका प्रतिनिधि

खेलाडी स्थानान्तरणको विषयदेखि फिफा र एफसीमा क्लब सिफारिस सम्बन्धमा ‘ए’ डिभिजन लिगका ४  क्लबले प्रश्न उठाएपछि उब्जिएको समस्या दोस्रो संस्करण आयोजनाका लागि बाधक बनेको छ।

पहिलो संस्करणमा भन्दा ३ बढी टोलीले एनएसएलमा सहभागिता जनाउँदै छन्। तर, खेलाडीलाई व्यवसायिक बनाउने उद्देश्यसहित सुरु भएको प्रतियोगिता २ पटक मिति तोकिए पनि अझै अन्योल छ।

‘प्रतियोगिता आयोजना सम्बन्धमा साउन ५ गते बसेको एन्फा कार्यसमितिको बैठकपछि निर्धारण हुने तय थियो। तर, बैठक अजेन्डामा प्रवेश नगरी स्थगित भएपछि छलफल गर्न पाएनौं। अब अर्को बैठकले यसबारे निर्धारण गर्छ,’ महासचिव राई भन्छन्।

यता, फुटबलको सर्वोच्च निकाय फिफाले भष्ट्राचारी ठहर गरिसकेका पूर्वअध्यक्ष गणेश थापाको ‘समूह’ले भने बैठक अगाडि बढाउन दिएको छैन। उनीहरुले थापाका छोरा गौरवलाई सिईओ बनाउनुपर्ने र अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट नविन पाण्डेलाई हटाउनु पर्ने माग अगाडि सारेका छन्। उनीहरुले उक्त माग पूरा नभएसम्म अन्य अजेन्डालाई अगाडि बढाउन नदिने मनशाय व्यक्त गरेका छन्।

May be an image of 6 people and people standing
सपथ लिएपछि एन्फाका पदाधिकारीहरु

जसको कारण एनएसएल पर धकेलिएको छ भने फुटबल गतिविधिको क्यालेन्डर एन्फाले तत्काल सार्वजनिक गर्न नसक्ने देखिएको छ। यसले फुटबल गतिविधि अझै सञ्चालनमा आउन धेरै समय लाग्ने देखिएको छ।

‘अहिले हामी कार्यसमितिको बैठक र आर्थिक अडिटमा काम गरिरहेका छौं। त्यो सकिएपछि वार्षिक क्यालेन्डर बनाउँछौं। अहिले १/२ वर्षको क्यालेन्डरभन्दा पनि ४ वर्षको एकसाथ बनाउने गृहकार्यमा छौं। क्यालेन्डर सार्वजनिक भएपछि त्यसैअनुसार अगाडि बढ्छौं,’ महासचिव राईले भने।

तर, एन्फालाई वार्षिक क्यालेन्डरअनुसार काम गर्न पनि सहज नहुने देखिएको छ। आर्थिक संकटको सामना गरिरहेको एन्फालाई फिफाले नै खर्च कटौति गरिरहेको छ भने बजारमा गतिलो ‘स्पोन्सर’ पाउन सकेको छैन। जसले गर्दा विगतमा भइरहेको ‘ए’ डिभिजन लिगसमेत समयमै हुने हो या होइन भन्नेमा शंका उब्जिन थालेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एन्फा गेटमा ए–डिभिजन लिगका क्लबहरूको शान्तिपूर्ण प्रदर्शन एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ। तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन्। बिहीबार, मंसिर ४, २०८२
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छ... बिहीबार, कात्तिक १३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासि... सोमबार, कात्तिक ३, २०८२
ताजा समाचारसबै
सरकारको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, तस्बिरहरू बिहीबार, मंसिर ४, २०८२
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति बिहीबार, मंसिर ४, २०८२
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस बिहीबार, मंसिर ४, २०८२
बोपराको अर्धशतकमा चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य बिहीबार, मंसिर ४, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन बुधबार, मंसिर ३, २०८२
मधेसका सभामुख पदमुक्त बुधबार, मंसिर ३, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्