• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

महाराष्ट्रका गल्ली छिचोल्दा सन्तोष सेनले ‘प्रेम गीत ३’ सँगै देखेका सपना

64x64
युवराज भट्टराई मंगलबार, साउन १०, २०७९  ०७:२२
1140x725
तस्बिर : निमेषजंग राई/नेपाल लाइभ

काठमाडौं– ‘प्रेम गीत ३’लाई भारतमा थिएटरमा रिलिज गरिन्छ भन्ने लागेको थिएन सन्तोष सेनलाई। भारतमा फिल्मको शो रिल लिएर जाँदा उनको अपेक्षा धेरै ठूलो थिएन। सकेसम्म टेलिभिजनमा रिलिज गर्ने वा गोल्डमाइन्स जस्तो भारतीय फिल्म केन्द्रित च्यानलमा फिल्मलाई हिन्दी भाषामा प्रदर्शन गराउने उनले सोचेका थिए।

तर, समयसँगै त्यो सोचको रुप फेरियो। फिल्मले हिन्दी भाषामा थिएटरमै प्रदर्शन हुने निर्णयसम्म त्यो सोचको स्वरुप बदलियो। भारतका १५ सय हलमा फिल्म प्रदर्शन गर्ने गरि हाल तयारी भइरहेको छ।

‘प्रेम गीत ३’ भारतमा रिलिजसम्मको अवस्थामा आइपुग्दाको कथा आफैंमा फिल्मजस्तै छ, रोमाञ्चक र सस्पेन्सले भरिएको। सन्तोष आफैं पनि यसलाई फिल्मकै कथाको रुपमा मान्छन्। सम्झनाका पत्रहरु उघार्दै जाँदा हिजो बितेका यी घटनाहरु उनलाई कुनै सिनेमा भन्दा फरक लाग्दैन। 

नेपालबाट भारत जाँदा उनले फिल्मको शो रिल लिएर गएका थिए। फिल्मका अर्का निर्देशक तथा लेखक छेतेन गुरुङको निधन भएको केही समय मात्रै बितेको थियो।

फिल्मको सुरुवाती चरणदेखि नै सँगै रहेका थिए छेतेन। उनको अनुपस्थितिले धेरै महत्त्व राखेको थियो। सन्तोष फिल्मका अभिनेता प्रदिप खड्का र केही सहायक सहयोगीहरुसँग भारतमा ‘प्रेम गीत ३’को शो रिल लिएर पुगेका थिए।

मुम्बई शहर। विश्वकै ठूलो मध्येको एक फिल्म उद्योग बलिउडको दबदबा र बलिउडका फिल्म उत्पादन गर्ने स्टुडियोहरुले भरिएको शहर। सपनाहरुको शहर। त्यो शहरमा सन्तोषको सपना खासै ठूलो थिएन। उनी महाराष्ट्रका गल्लीहरुमा नेपाली फिल्मको शो रिल लिएर पुगेका थिए।

‘सबैभन्दा ठूलो कुरा म भारत जाँदा मलाई फिल्म थिएटरमा रिलिज गर्न पाइएला भन्नेतर्फ ध्यान नै थिएन्,’ सन्तोष ती दिनहरु सम्झिन्छन्, ‘फिल्मको छायांकनको क्रममा मलाई फिल्म लिएर भारत जान्छु भन्ने पनि थिएन। हामीले हलिउड शैलीमा फिल्मको दृश्यांकन गरेका थियौं। मेरो सोच नेपालमै ठूलो स्केलको फिल्म निर्माण गर्नुपर्छ भन्ने थियो।’

santosh sen31658799265.jpg

Ncell 2
Ncell 2

फिल्मको लेखनदेखि छायांकनसम्म जाँदा सन्तोषले देखेको सपना नेपालमै ठूलो स्केलको फिल्म निर्माण गर्नु थियो। नेपाली समाजको कथा फिल्ममा आइरहेको भएता पनि नेपाली भूगोलको इतिहास र ऐतिहासिकतामाथि आधारित भएर काम गर्ने सन्तोषको रहरले ‘प्रेम गीत ३’को जन्म भएको थियो।

फिल्मका लेखक मध्येका एक तथा निर्देशकसमेत रहेका छेतेनले ढुंगामा नाम लेख्ने परम्पराबारे सुनाउने बित्तिकै सन्तोषले फिल्मको निम्ति एउटा बृहत क्यानभासको कल्पना गरेका थिए।

सन्तोष र उनको टिमले यसअघि बनाएका ‘प्रेम गीत’ ब्राण्ड नामका दुई फिल्ममा तत्कालीन कथा थियो। अहिलेकै कथालाई केही काल्पनिक बनाएर फिल्ममा प्रस्तुत गरिएको स्वीकार्छन् सन्तोष। उनी भन्छन्, ‘तर, तेस्रो श्रृङ्खलामा आइपुग्दा त्यो मात्रै नभएर केही ऐतिहासिक कथालाई लिएर काम गरौं भन्ने थियो। नेपालमा पनि केही गर्न सकिन्छ कि भन्ने प्रयास गरेका थियौं।’

फिल्मको छायांकन भयो। छायांकन सकिएको केही समयपछि कोरोना महामारीले अवस्थालाई असहज बनायो। सन्तोष र टिमले फिल्मलाई लिएर बनाएका योजनाहरुले मूर्त रुप लिएन पाएनन्। त्यत्तिकैमा छेतेन गुरुङको निधन भयो। छेतेनको निधनले फिल्मको निर्माण पक्षसँगै सन्तोषलाई धेरै प्रभावित गर्यो। सन्तोष व्यक्तिगत रुपमा थप प्रभावित भए। उनी भन्छन्, ‘दाइको निधनपछि केही मात्रामा हामी बहकियौं।’

यो समयमा सन्तोषलगायत ‘हुतुतु’ फिल्मको पटकथा लेखनतर्फ लागे। फिल्म लेख्न त लेखियो। तर, फिल्म छायांकनमा जान सक्ने अवस्था थिएन्। महामारीका कारण फिल्मको छायांकन तत्कालै हुने परिस्थिति सिर्जना भएको थिएन।

त्यो बेला सन्तोष ‘प्रेम गीत ३’का खिचिएका दृश्यहरु स्टुडियोमा आएर हेर्थे। फिल्मको दृश्यहरु हेरिरहँदा उनले सोचे–खिचिएका दृश्यहरुलाई शो रिल बनाएर अंग्रेजीमा न्यारेसन गरि भारतमा गएर केही गर्ने प्रयास गरौं।

तर, त्यसो सोचिरहँदा सन्तोषको मनमा लागेको थियो, फिल्मलाई सेटलाइटमार्फत् टेलिभिजनमा प्रदर्शन गर्न मात्रै पाएमा पनि ठूलो उपलब्धी हुनेछ।

‘हामी जि टिभी, सोनी टिभी हेर्छौं’, सन्तोष भन्छन्, ‘यी टेलिभिजन पुराना दक्षिण भारतीय फिल्महरु आउँछन्। एक पटकमा सय जना उडेका फिल्महरु हेरिरहेका हुन्छौं। मलाई हाम्रो फिल्ममा केही न केही त दम छ । त्यसैले एक पटक प्रयास गरौं लागेको थियो।’

भारतमा थिएटर वा ओटिटी रिलिजको सपना सन्तोषले साचेका थिएनन्, न सोचेका नै थिए। उनको प्रयास टेलिभिजन सम्ममा हिन्दी भाषामा प्रदर्शन गर्न पाएमा ठूलो उपलब्धी हुन्छ भन्ने थियो। नेपाली फिल्मलाई हिन्दी भाषामा रिलिज गर्न सकेमा दुईचार जना नयाँ दर्शकमाझमा पनि नेपाली फिल्मको दायरा पुग्छ भन्ने उनले सोचेका थिए।

सन्तोष मुम्बई पुगे। उनीसँगै फिल्मको शो रिल थियो। तर, मुम्बईमा आफ्नो गन्तव्य कहाँ हो भन्ने थाहा थिएन। फिल्म देखाउने स्टुडियो कहाँ होला? को मार्फत् जानुपर्छ? यी कुराहरुमा अनविज्ञ थिए सन्तोष। उनी सम्झिन्छन्, ‘त्यो शहर महाराष्ट्र भनेको विश्वकै सबैभन्दा ठूलो फिल्म उद्योग बलिउड भएको शहर हो। हामी त्यहाँको गल्ली गल्लीमा नेपाली फिल्मको टुक्रा लिएर हिँडेका थियौं।’

santosh sen51658799310.jpg

सन्तोष ती गल्लीमा हिँडेका दिन र रातहरु सम्झिँदा यो यात्रा आफैंमा कथा र फिल्मको कुनै दृश्यजस्तै भएको मान्छन्।

सोच सेटलाइट रिलिज गर्ने थियो। वा चलेका गोल्डमाइनजस्ता फिल्मसम्बन्धी च्यानलबाट हिन्दी भाषामा रिलिज गरेर दर्शकको दायरा फराकिलो बनाउने थियो। यसका लागि सन्तोषले मुम्बईका गल्लीहरु चहारे। शो रिल लिएर थुप्रैलाई देखाए। थप लगानी गर्ने सोचमा उनी थिएनन्।

मुम्बई जाँदा सन्तोषले लिएर गएका फुटेज काँचा थिए। स्टुडियोहरुसँग कुराकानीका क्रममा उनले यी फुटेजमा भविष्य देख्ने खोजिरहेका थिए। भारतमा पोस्ट प्रोडक्सनको कामका लागि एउटै प्राविधिकको पारिश्रमिक नै नेपालमा फिल्म बन्ने बजेट बराबरको हुन्छ। यस्तोमा सन्तोष र ‘प्रेम गीत ३’को टिमले आफूले थप लगानी नथप्ने सोचेको थियो। ‘त्यसैले हामीले धेरै वितरक र एजेन्टसँग भेट्यौं,’ सन्तोष सम्झन्छन्।

त्यसबीच सन्तोषको भेट इम्पोसिबल फिल्म्सका एक अधिकारीसँग भयो। नेपालबाट लिएर गएको फिल्मको शो रिल उनले ती अधिकारीलाई देखाए। करिब २५ मिनेटदेखि आधा घण्टाको उक्त शो रिल हेरेपछि ती व्यक्ति भावुक भएको सन्तोष सम्झिन्छन्। उनी भन्छन्, ‘उनी भावुक भएको देखेर हमी पनि भावुक भयौं। केही न केही त बनाएका रहेछौं भन्ने लाग्यो।’

फिल्म शो रिलको स्क्रिनिङ्ग भइसकेपछि ती अधिकारीसँग सन्तोषलगायतका टिमको कुराकानी भयो। फिल्म बनाउँदा कति खर्च भयो? कसरी छायांकन गरियो? विकटमा कस्तो असहजता भयो? लगायतका विषयमा कुराकानी भए। ‘प्रेम गीत ३’लाई भारतमा प्रचार कसरी गर्ने भन्ने विषयमा कुरा भएको सन्तोष सम्झिन्छन्।

‘फिल्म कतिमा बनेको भनेर सोधियो,’ सन्तोष भन्छन्, ‘तीन करोड भनौं कस्तो फिल्म बनायो यो पैसामा भन्ने सोच्ला भन्ने डर । १० करोड भनौं ‘ल जानुस्’ भन्छन् भन्ने डर। मैले चार करोड नगदसँगै सबै कलाकार, प्राविधिक, निर्देशकलगायत सेयरमा बसेर फिल्म बनाएको भनें।’

सन्तोष आफू त्यो बेला दोधारमा परेका थिए। चार करोड भनेपछि वितरणको निम्ति कुराकानी भइरहेको इम्पोसिबल फिल्म्सका अधिकारी पनि छकक परेको सम्झिन्छन् सन्तोष। उक्त कम्पनीसँग ‘प्रेम गीत ३’लाई भारतमा प्रदर्शन गर्ने निर्णय भयो। तर, लिखित रुपमा सम्झौता हुन भने बाँकी नै थियो।

सन्तोषसँगै फिल्मका अभिनेता प्रदिप खड्का पनि भारत गएका थिए। उनी आफ्नो नयाँ फिल्म ‘प्रकाश’को छायांकनका लागि नेपाल फर्किए।

कुरा दुई वर्षभन्दा अघिको हो। प्रदिप नेपाल फर्किएपछि सन्तोष भारतमा आफूसँग भएका अरु सहायक सहयोगीहरुसँग रहे। निर्णय भएको दुई दिन बित्यो, तीन दिन बित्यो। हप्ता दिन बित्यो। सन्तोषलाई नेपाल आएका प्रदिपले सम्झौता भए नभएको सोध्थे। सन्तोष आफू पनि लिखित रुपमा सम्झौता हुने पर्खाइमा थिए। अन्ततः १४ औं दिनमा उक्त कम्पनीले लिखित रुपमा गर्न लागेको सम्झौता सन्तोष सामुन्ने प्रस्तुत गर्यो।

‘पहिले वकिलले फिल्म हेरेर हुन्छ भनेपछि पनि कागजात तयार गरेर काम गर्दा १४ दिन लाग्यो,’ सन्तोष सम्झिन्छन्, ‘निर्णय भएपछि मलाई त निन्द्रै नलाग्ने भएको थियो। सम्झौताको कागज आएपछि केही राहत भयो।’

तर, सम्झौताको कागजात पनि २०/२१ पाना थिए। सन्तोषले सिक्किममा रहेका आफ्ना वकिललाई कागजातको अध्ययन गर्न दिए। अन्ततः आफूले सम्झौता पत्र प्राप्त गरेको तीन दिनपछि सन्तोष र उक्त कम्पनीबीच लिखित रुपमा सहमति भयो। सुरुवातमा सन्तोषले एडभान्सका रुपमा १० लाख भारु रकम पाए। 

क्रिएटिभ विभागको सम्पूर्ण जिम्मा सन्तोषले लिए। सम्झौता उनले आफैं आफ्नो अनुमति बिना कोही पनि रचनात्मक पक्षबाट फिल्मसँग जोडिन पनि नपाउने र बाहिर जान पनि नपाउने व्यवस्था गराए।
‘मैले चलेको प्राविधिकसँग काम गर्न खोजें,’ सन्तोष भन्छन्, ‘मैले सुरुवातमा बाहुबलिको संगीतकार छानेको थिए। एम एम करिभानी छानेका थिए। एतिहासिक फिल्म भन्ना साथ उनले कुरा बुझ्ने सोचले उसँगै काम गर्न खोजेका थिए। तर, ८० लाख भारु रुपैयाँ पारिश्रमिक र चेन्नईमै गएर काम गर्नुपर्ने भयो।’

तर, उनीसँग काम गर्न आर्थिक रुपमा पनि महंगो र भौगोलिक रुपमा पनि असहज हुनेजस्तो देखिएपछि सन्तोषले अमर मोहिलेलाई संगीतको जिम्मा दिए। उनी बलिउडमा चर्चित निर्देशक रोहित शेट्टीका अधिकांश फिल्ममा संगीत गर्ने व्यक्ति हुन्।

सम्पादनका लागि बलिउडकै चर्चित सन्जय शंक्लालाई लिइयो। उनी ‘कुछ कुछ होता है’जस्तो चर्चित हिन्दी फिल्मका सम्पादक हुन्। चलेका प्राविधिक र संगीतकारलाई लिएर सन्तोषले पोस्टप्रोडक्नको काम सुरु गरे। 

तर, यसमा पनि उनले सहजता भने पाएनन्। चलेका प्राविधिक लिएपछि उनीहरुकै समयानुकुल भएर काम गर्नुपर्ने थियो। सामान्यतयः तीन महिनामा सकिने फिल्मको पोस्ट प्रोडक्सनको कामलाई प्राविधिकको समयअनुसार गर्दै जाँदा सन्तोषले दुई वर्षको समय भारतमा बिताउनु पर्यो।

‘उत्कृष्ट मान्छेलाई लिएपछि उनीहरुको समयअनुसार काम गर्नुपर्ने बाध्यता पनि थियो,’ उनी भन्छन्, ‘उनीहरुले भ्याएको समयमा उनीहरुसँग काम गर्नुपर्ने अवस्था थियो। त्यो बेला संगीतकार अमर मोहिलेले अजय देवगनको ‘भुज’ फिल्ममा काम गर्न थाले। जसले गर्दा ‘प्रेम गीत ३’ को काम थप पछाडि धकेलियो। ‘भुज’को प्रदर्शन मिति घोषणा भइसकेकाले तत्कालै काम गर्नुपर्ने अवस्था थियो।’

santosh sen21658799349.jpg

भारतमा फिल्मको पोस्ट प्रोडक्सनका लागि उत्कृष्ट प्राविधिकलाई लिनुको पछाडि पनि सन्तोषको आफ्नै कारण छ। उनी भारतमा आफूलाई वा फिल्मका अभिनेता प्रदिप खड्कालाई नचिन्ने भएकाले त्यहाँ चलेका प्राविधिक तथा सम्पादकहरुलाई लिँदा भोलि त्यसले फिल्मलाई सहज वातावरण सिर्जना गर्ने ठान्छन्।

उनी भन्छन्, ‘कम्तिमा प्राविधिकहरु भारतकै उत्कृष्ट राखेमा त्यहाँका दर्शक वा फिल्म क्षेत्रले नै पनि फिल्मलाई याद गर्छ। ओटिटी माध्यमहरुमा पनि सजिलै देखिन्छ । त्यसैले पनि मैले प्राविधिक पक्षलाई उत्कृष्ट चयन गरेको थिएँ।’

सन्तोषले नेपाल हुँदा नदेखेको सपना लिएर भारतको महाराष्ट्रमा भौतारिरहँदा गरेको संघर्षको प्रतिफल अहिले ‘प्रेम गीत ३’ बनेको छ। नेपालमा सोही नाम र भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर अहिले दर्शकमाझमा निकै ‘हाइप’ बनेको छ।

फिल्म प्रदर्शन हुने मिति असोज ७ गते नजिकिदैं जाँदा ‘प्रेम गीत ३’ले नेपाली सिनेमाका लागि खोलेको अन्तर्राष्ट्रिय फिल्म उद्योगको ढोका र निर्माण गरेको अवस्था थप स्पष्ट भइरहेको छ।

सन्तोष यो अवस्था देख्दा भन्छन्, ‘मैले फिल्म बनाउँदा एउटा बृहत क्यानभासमा काम गर्ने सोचले बनाएको थिए। अहिले ‘प्रेम गीत ३’लाई लिएर बनिरहेको अवस्था हेर्दा त्यो क्यानभास मैले सोचेभन्दा वृहत् भनेको देखिरहेको छु।’

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको... मंगलबार, साउन २७, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँ बढ्यो मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद मंगलबार, असोज २८, २०८२
मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत माग्ने मंगलबार, असोज २८, २०८२
गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर मंगलबार, असोज २८, २०८२
महराको थुनछेक बहस आज हुँदै मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्