• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

महाराष्ट्रका गल्ली छिचोल्दा सन्तोष सेनले ‘प्रेम गीत ३’ सँगै देखेका सपना

64x64
युवराज भट्टराई मंगलबार, साउन १०, २०७९  ०७:२२
1140x725
तस्बिर : निमेषजंग राई/नेपाल लाइभ

काठमाडौं– ‘प्रेम गीत ३’लाई भारतमा थिएटरमा रिलिज गरिन्छ भन्ने लागेको थिएन सन्तोष सेनलाई। भारतमा फिल्मको शो रिल लिएर जाँदा उनको अपेक्षा धेरै ठूलो थिएन। सकेसम्म टेलिभिजनमा रिलिज गर्ने वा गोल्डमाइन्स जस्तो भारतीय फिल्म केन्द्रित च्यानलमा फिल्मलाई हिन्दी भाषामा प्रदर्शन गराउने उनले सोचेका थिए।

तर, समयसँगै त्यो सोचको रुप फेरियो। फिल्मले हिन्दी भाषामा थिएटरमै प्रदर्शन हुने निर्णयसम्म त्यो सोचको स्वरुप बदलियो। भारतका १५ सय हलमा फिल्म प्रदर्शन गर्ने गरि हाल तयारी भइरहेको छ।

‘प्रेम गीत ३’ भारतमा रिलिजसम्मको अवस्थामा आइपुग्दाको कथा आफैंमा फिल्मजस्तै छ, रोमाञ्चक र सस्पेन्सले भरिएको। सन्तोष आफैं पनि यसलाई फिल्मकै कथाको रुपमा मान्छन्। सम्झनाका पत्रहरु उघार्दै जाँदा हिजो बितेका यी घटनाहरु उनलाई कुनै सिनेमा भन्दा फरक लाग्दैन। 

नेपालबाट भारत जाँदा उनले फिल्मको शो रिल लिएर गएका थिए। फिल्मका अर्का निर्देशक तथा लेखक छेतेन गुरुङको निधन भएको केही समय मात्रै बितेको थियो।

फिल्मको सुरुवाती चरणदेखि नै सँगै रहेका थिए छेतेन। उनको अनुपस्थितिले धेरै महत्त्व राखेको थियो। सन्तोष फिल्मका अभिनेता प्रदिप खड्का र केही सहायक सहयोगीहरुसँग भारतमा ‘प्रेम गीत ३’को शो रिल लिएर पुगेका थिए।

मुम्बई शहर। विश्वकै ठूलो मध्येको एक फिल्म उद्योग बलिउडको दबदबा र बलिउडका फिल्म उत्पादन गर्ने स्टुडियोहरुले भरिएको शहर। सपनाहरुको शहर। त्यो शहरमा सन्तोषको सपना खासै ठूलो थिएन। उनी महाराष्ट्रका गल्लीहरुमा नेपाली फिल्मको शो रिल लिएर पुगेका थिए।

‘सबैभन्दा ठूलो कुरा म भारत जाँदा मलाई फिल्म थिएटरमा रिलिज गर्न पाइएला भन्नेतर्फ ध्यान नै थिएन्,’ सन्तोष ती दिनहरु सम्झिन्छन्, ‘फिल्मको छायांकनको क्रममा मलाई फिल्म लिएर भारत जान्छु भन्ने पनि थिएन। हामीले हलिउड शैलीमा फिल्मको दृश्यांकन गरेका थियौं। मेरो सोच नेपालमै ठूलो स्केलको फिल्म निर्माण गर्नुपर्छ भन्ने थियो।’

santosh sen31658799265.jpg

Ncell 2
Ncell 2
nimb
nimb

फिल्मको लेखनदेखि छायांकनसम्म जाँदा सन्तोषले देखेको सपना नेपालमै ठूलो स्केलको फिल्म निर्माण गर्नु थियो। नेपाली समाजको कथा फिल्ममा आइरहेको भएता पनि नेपाली भूगोलको इतिहास र ऐतिहासिकतामाथि आधारित भएर काम गर्ने सन्तोषको रहरले ‘प्रेम गीत ३’को जन्म भएको थियो।

फिल्मका लेखक मध्येका एक तथा निर्देशकसमेत रहेका छेतेनले ढुंगामा नाम लेख्ने परम्पराबारे सुनाउने बित्तिकै सन्तोषले फिल्मको निम्ति एउटा बृहत क्यानभासको कल्पना गरेका थिए।

सन्तोष र उनको टिमले यसअघि बनाएका ‘प्रेम गीत’ ब्राण्ड नामका दुई फिल्ममा तत्कालीन कथा थियो। अहिलेकै कथालाई केही काल्पनिक बनाएर फिल्ममा प्रस्तुत गरिएको स्वीकार्छन् सन्तोष। उनी भन्छन्, ‘तर, तेस्रो श्रृङ्खलामा आइपुग्दा त्यो मात्रै नभएर केही ऐतिहासिक कथालाई लिएर काम गरौं भन्ने थियो। नेपालमा पनि केही गर्न सकिन्छ कि भन्ने प्रयास गरेका थियौं।’

फिल्मको छायांकन भयो। छायांकन सकिएको केही समयपछि कोरोना महामारीले अवस्थालाई असहज बनायो। सन्तोष र टिमले फिल्मलाई लिएर बनाएका योजनाहरुले मूर्त रुप लिएन पाएनन्। त्यत्तिकैमा छेतेन गुरुङको निधन भयो। छेतेनको निधनले फिल्मको निर्माण पक्षसँगै सन्तोषलाई धेरै प्रभावित गर्यो। सन्तोष व्यक्तिगत रुपमा थप प्रभावित भए। उनी भन्छन्, ‘दाइको निधनपछि केही मात्रामा हामी बहकियौं।’

यो समयमा सन्तोषलगायत ‘हुतुतु’ फिल्मको पटकथा लेखनतर्फ लागे। फिल्म लेख्न त लेखियो। तर, फिल्म छायांकनमा जान सक्ने अवस्था थिएन्। महामारीका कारण फिल्मको छायांकन तत्कालै हुने परिस्थिति सिर्जना भएको थिएन।

त्यो बेला सन्तोष ‘प्रेम गीत ३’का खिचिएका दृश्यहरु स्टुडियोमा आएर हेर्थे। फिल्मको दृश्यहरु हेरिरहँदा उनले सोचे–खिचिएका दृश्यहरुलाई शो रिल बनाएर अंग्रेजीमा न्यारेसन गरि भारतमा गएर केही गर्ने प्रयास गरौं।

तर, त्यसो सोचिरहँदा सन्तोषको मनमा लागेको थियो, फिल्मलाई सेटलाइटमार्फत् टेलिभिजनमा प्रदर्शन गर्न मात्रै पाएमा पनि ठूलो उपलब्धी हुनेछ।

‘हामी जि टिभी, सोनी टिभी हेर्छौं’, सन्तोष भन्छन्, ‘यी टेलिभिजन पुराना दक्षिण भारतीय फिल्महरु आउँछन्। एक पटकमा सय जना उडेका फिल्महरु हेरिरहेका हुन्छौं। मलाई हाम्रो फिल्ममा केही न केही त दम छ । त्यसैले एक पटक प्रयास गरौं लागेको थियो।’

भारतमा थिएटर वा ओटिटी रिलिजको सपना सन्तोषले साचेका थिएनन्, न सोचेका नै थिए। उनको प्रयास टेलिभिजन सम्ममा हिन्दी भाषामा प्रदर्शन गर्न पाएमा ठूलो उपलब्धी हुन्छ भन्ने थियो। नेपाली फिल्मलाई हिन्दी भाषामा रिलिज गर्न सकेमा दुईचार जना नयाँ दर्शकमाझमा पनि नेपाली फिल्मको दायरा पुग्छ भन्ने उनले सोचेका थिए।

सन्तोष मुम्बई पुगे। उनीसँगै फिल्मको शो रिल थियो। तर, मुम्बईमा आफ्नो गन्तव्य कहाँ हो भन्ने थाहा थिएन। फिल्म देखाउने स्टुडियो कहाँ होला? को मार्फत् जानुपर्छ? यी कुराहरुमा अनविज्ञ थिए सन्तोष। उनी सम्झिन्छन्, ‘त्यो शहर महाराष्ट्र भनेको विश्वकै सबैभन्दा ठूलो फिल्म उद्योग बलिउड भएको शहर हो। हामी त्यहाँको गल्ली गल्लीमा नेपाली फिल्मको टुक्रा लिएर हिँडेका थियौं।’

santosh sen51658799310.jpg

सन्तोष ती गल्लीमा हिँडेका दिन र रातहरु सम्झिँदा यो यात्रा आफैंमा कथा र फिल्मको कुनै दृश्यजस्तै भएको मान्छन्।

सोच सेटलाइट रिलिज गर्ने थियो। वा चलेका गोल्डमाइनजस्ता फिल्मसम्बन्धी च्यानलबाट हिन्दी भाषामा रिलिज गरेर दर्शकको दायरा फराकिलो बनाउने थियो। यसका लागि सन्तोषले मुम्बईका गल्लीहरु चहारे। शो रिल लिएर थुप्रैलाई देखाए। थप लगानी गर्ने सोचमा उनी थिएनन्।

मुम्बई जाँदा सन्तोषले लिएर गएका फुटेज काँचा थिए। स्टुडियोहरुसँग कुराकानीका क्रममा उनले यी फुटेजमा भविष्य देख्ने खोजिरहेका थिए। भारतमा पोस्ट प्रोडक्सनको कामका लागि एउटै प्राविधिकको पारिश्रमिक नै नेपालमा फिल्म बन्ने बजेट बराबरको हुन्छ। यस्तोमा सन्तोष र ‘प्रेम गीत ३’को टिमले आफूले थप लगानी नथप्ने सोचेको थियो। ‘त्यसैले हामीले धेरै वितरक र एजेन्टसँग भेट्यौं,’ सन्तोष सम्झन्छन्।

त्यसबीच सन्तोषको भेट इम्पोसिबल फिल्म्सका एक अधिकारीसँग भयो। नेपालबाट लिएर गएको फिल्मको शो रिल उनले ती अधिकारीलाई देखाए। करिब २५ मिनेटदेखि आधा घण्टाको उक्त शो रिल हेरेपछि ती व्यक्ति भावुक भएको सन्तोष सम्झिन्छन्। उनी भन्छन्, ‘उनी भावुक भएको देखेर हमी पनि भावुक भयौं। केही न केही त बनाएका रहेछौं भन्ने लाग्यो।’

फिल्म शो रिलको स्क्रिनिङ्ग भइसकेपछि ती अधिकारीसँग सन्तोषलगायतका टिमको कुराकानी भयो। फिल्म बनाउँदा कति खर्च भयो? कसरी छायांकन गरियो? विकटमा कस्तो असहजता भयो? लगायतका विषयमा कुराकानी भए। ‘प्रेम गीत ३’लाई भारतमा प्रचार कसरी गर्ने भन्ने विषयमा कुरा भएको सन्तोष सम्झिन्छन्।

‘फिल्म कतिमा बनेको भनेर सोधियो,’ सन्तोष भन्छन्, ‘तीन करोड भनौं कस्तो फिल्म बनायो यो पैसामा भन्ने सोच्ला भन्ने डर । १० करोड भनौं ‘ल जानुस्’ भन्छन् भन्ने डर। मैले चार करोड नगदसँगै सबै कलाकार, प्राविधिक, निर्देशकलगायत सेयरमा बसेर फिल्म बनाएको भनें।’

सन्तोष आफू त्यो बेला दोधारमा परेका थिए। चार करोड भनेपछि वितरणको निम्ति कुराकानी भइरहेको इम्पोसिबल फिल्म्सका अधिकारी पनि छकक परेको सम्झिन्छन् सन्तोष। उक्त कम्पनीसँग ‘प्रेम गीत ३’लाई भारतमा प्रदर्शन गर्ने निर्णय भयो। तर, लिखित रुपमा सम्झौता हुन भने बाँकी नै थियो।

सन्तोषसँगै फिल्मका अभिनेता प्रदिप खड्का पनि भारत गएका थिए। उनी आफ्नो नयाँ फिल्म ‘प्रकाश’को छायांकनका लागि नेपाल फर्किए।

कुरा दुई वर्षभन्दा अघिको हो। प्रदिप नेपाल फर्किएपछि सन्तोष भारतमा आफूसँग भएका अरु सहायक सहयोगीहरुसँग रहे। निर्णय भएको दुई दिन बित्यो, तीन दिन बित्यो। हप्ता दिन बित्यो। सन्तोषलाई नेपाल आएका प्रदिपले सम्झौता भए नभएको सोध्थे। सन्तोष आफू पनि लिखित रुपमा सम्झौता हुने पर्खाइमा थिए। अन्ततः १४ औं दिनमा उक्त कम्पनीले लिखित रुपमा गर्न लागेको सम्झौता सन्तोष सामुन्ने प्रस्तुत गर्यो।

‘पहिले वकिलले फिल्म हेरेर हुन्छ भनेपछि पनि कागजात तयार गरेर काम गर्दा १४ दिन लाग्यो,’ सन्तोष सम्झिन्छन्, ‘निर्णय भएपछि मलाई त निन्द्रै नलाग्ने भएको थियो। सम्झौताको कागज आएपछि केही राहत भयो।’

तर, सम्झौताको कागजात पनि २०/२१ पाना थिए। सन्तोषले सिक्किममा रहेका आफ्ना वकिललाई कागजातको अध्ययन गर्न दिए। अन्ततः आफूले सम्झौता पत्र प्राप्त गरेको तीन दिनपछि सन्तोष र उक्त कम्पनीबीच लिखित रुपमा सहमति भयो। सुरुवातमा सन्तोषले एडभान्सका रुपमा १० लाख भारु रकम पाए। 

क्रिएटिभ विभागको सम्पूर्ण जिम्मा सन्तोषले लिए। सम्झौता उनले आफैं आफ्नो अनुमति बिना कोही पनि रचनात्मक पक्षबाट फिल्मसँग जोडिन पनि नपाउने र बाहिर जान पनि नपाउने व्यवस्था गराए।
‘मैले चलेको प्राविधिकसँग काम गर्न खोजें,’ सन्तोष भन्छन्, ‘मैले सुरुवातमा बाहुबलिको संगीतकार छानेको थिए। एम एम करिभानी छानेका थिए। एतिहासिक फिल्म भन्ना साथ उनले कुरा बुझ्ने सोचले उसँगै काम गर्न खोजेका थिए। तर, ८० लाख भारु रुपैयाँ पारिश्रमिक र चेन्नईमै गएर काम गर्नुपर्ने भयो।’

तर, उनीसँग काम गर्न आर्थिक रुपमा पनि महंगो र भौगोलिक रुपमा पनि असहज हुनेजस्तो देखिएपछि सन्तोषले अमर मोहिलेलाई संगीतको जिम्मा दिए। उनी बलिउडमा चर्चित निर्देशक रोहित शेट्टीका अधिकांश फिल्ममा संगीत गर्ने व्यक्ति हुन्।

सम्पादनका लागि बलिउडकै चर्चित सन्जय शंक्लालाई लिइयो। उनी ‘कुछ कुछ होता है’जस्तो चर्चित हिन्दी फिल्मका सम्पादक हुन्। चलेका प्राविधिक र संगीतकारलाई लिएर सन्तोषले पोस्टप्रोडक्नको काम सुरु गरे। 

तर, यसमा पनि उनले सहजता भने पाएनन्। चलेका प्राविधिक लिएपछि उनीहरुकै समयानुकुल भएर काम गर्नुपर्ने थियो। सामान्यतयः तीन महिनामा सकिने फिल्मको पोस्ट प्रोडक्सनको कामलाई प्राविधिकको समयअनुसार गर्दै जाँदा सन्तोषले दुई वर्षको समय भारतमा बिताउनु पर्यो।

‘उत्कृष्ट मान्छेलाई लिएपछि उनीहरुको समयअनुसार काम गर्नुपर्ने बाध्यता पनि थियो,’ उनी भन्छन्, ‘उनीहरुले भ्याएको समयमा उनीहरुसँग काम गर्नुपर्ने अवस्था थियो। त्यो बेला संगीतकार अमर मोहिलेले अजय देवगनको ‘भुज’ फिल्ममा काम गर्न थाले। जसले गर्दा ‘प्रेम गीत ३’ को काम थप पछाडि धकेलियो। ‘भुज’को प्रदर्शन मिति घोषणा भइसकेकाले तत्कालै काम गर्नुपर्ने अवस्था थियो।’

santosh sen21658799349.jpg

भारतमा फिल्मको पोस्ट प्रोडक्सनका लागि उत्कृष्ट प्राविधिकलाई लिनुको पछाडि पनि सन्तोषको आफ्नै कारण छ। उनी भारतमा आफूलाई वा फिल्मका अभिनेता प्रदिप खड्कालाई नचिन्ने भएकाले त्यहाँ चलेका प्राविधिक तथा सम्पादकहरुलाई लिँदा भोलि त्यसले फिल्मलाई सहज वातावरण सिर्जना गर्ने ठान्छन्।

उनी भन्छन्, ‘कम्तिमा प्राविधिकहरु भारतकै उत्कृष्ट राखेमा त्यहाँका दर्शक वा फिल्म क्षेत्रले नै पनि फिल्मलाई याद गर्छ। ओटिटी माध्यमहरुमा पनि सजिलै देखिन्छ । त्यसैले पनि मैले प्राविधिक पक्षलाई उत्कृष्ट चयन गरेको थिएँ।’

सन्तोषले नेपाल हुँदा नदेखेको सपना लिएर भारतको महाराष्ट्रमा भौतारिरहँदा गरेको संघर्षको प्रतिफल अहिले ‘प्रेम गीत ३’ बनेको छ। नेपालमा सोही नाम र भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर अहिले दर्शकमाझमा निकै ‘हाइप’ बनेको छ।

फिल्म प्रदर्शन हुने मिति असोज ७ गते नजिकिदैं जाँदा ‘प्रेम गीत ३’ले नेपाली सिनेमाका लागि खोलेको अन्तर्राष्ट्रिय फिल्म उद्योगको ढोका र निर्माण गरेको अवस्था थप स्पष्ट भइरहेको छ।

सन्तोष यो अवस्था देख्दा भन्छन्, ‘मैले फिल्म बनाउँदा एउटा बृहत क्यानभासमा काम गर्ने सोचले बनाएको थिए। अहिले ‘प्रेम गीत ३’लाई लिएर बनिरहेको अवस्था हेर्दा त्यो क्यानभास मैले सोचेभन्दा वृहत् भनेको देखिरहेको छु।’

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
लिभरपुलको पहिलो जित शनिबार, भदौ २०, २०८३
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी शनिबार, भदौ २०, २०८३
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्