• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मध्यपहाडी लोकमार्ग तोकिएको समयमा पूरा नहुने, अझै ६२० किमि सडक र ४४ पुलको निर्माण बाँकी 

64x64
युवराज भट्टराई आइतबार, साउन ८, २०७९  १९:१५
1140x725

काठमाडौं–पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण तोकिएको समयमा पूरा नहुने भएको छ। १८७९ किलोमिटर लम्बाईको यो लोकमार्गको निर्माण आर्थिक वर्ष २०७९/०८० मा पूरा हुनुपर्ने थियो। तर अझै ६२० किमि सडक र ४४ पुलको काम बाँकी रहेकाले तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएको हो।

‘सडक तथा पुलको ठेक्का व्यवस्थापनसमेत बाँकी रहेकाले निर्धारित समय अर्थात् यो आर्थिक वर्षमा लोकमार्गको निर्माण पूरा हुने सम्भावना छैन,’ पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयका प्रवक्ता सुरजहरि अधिकारी भन्छन्, ‘ठेक्का व्यवस्थापनसँगै ठेक्का लागेका निर्माण कार्यसमेत जारी रहेकाले यो आवमा नै सम्पूर्ण काम सक्न असम्भव छ।’

पूर्वी नेपालको पाँचथर चिवाभञ्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म हुने डबल लेनको यो लोकमार्ग निर्माण २०६४/०६५ मा सुरु गरिएको थियो। कुल लम्बाई १८७९ किमि र १२९ पुलसहित निर्माण लक्ष्य राखिएको यो लोकमार्गले मध्यपहाडका २६ जिल्ला र २१५ बस्तीलाई यातायात सञ्जालमा जोड्ने लक्ष्य लिएको थियो।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको विकल्पको रुपमा रहेको यो लोकमार्ग सुरुवातमा २०७३/०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, उक्त मितिमा पूरा हुन नसक्ने देखिएपछि कार्यतालिकालाई संशोधन गर्दै चालु आवसम्ममा सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो।

तर, निर्धारित मितिमा निर्माण नसकिने देखिएको हो। निर्देशनालयका प्रवक्ता अधिकारीका अनुसार कुल सडक लम्बाईमध्ये ४ सय ६२ किमि सडक पहिले नै बनिसकेको हो। बन्न बाँकी १४१७ किमिमध्ये हालसम्म ७९९ किमि सडक मात्रै कालोपत्रे भएको अधिकारी बताउँछन्। 

madya pahadi1658669751.jpg

गत आवमा ५ अर्ब खर्च, १४६ किलोमिटर सडक र ३ पुलमात्रै निर्माण 
मध्यपहाडी लोकमार्गअन्तर्गत गत आर्थिक वर्ष २०७८/०७९ मा कुल १४६ किमि सडक मात्रै कालोपत्रे भएको छ। त्यस्तै, ३ वटा पुलको निर्माण सम्पन्न भएको छ। निर्देशनालयकाअनुसार गत आवमा कुल ५ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ। जसअन्तर्गत १४६ किमि सडक कालोपत्रे र ३ पुल निर्माण भएको हो। यसमा फिदिममा २३.१ किमि, धुलिखेलमा ५.४८ किमि, गोर्खामा ८ किमि, पर्वतमा १७ किमि र दैलेखमा ९२.४ किमि सडक कालोपत्रे भएका छन्। 

त्यस्तै, गत आवमा गोर्खाको जराङ खोला पुल, खोटाङको दाउन्ते खोला पुल र धनकुटाको माङमाया खोला पुल निर्माण भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

आव २०७५/०७६ मा भने १५२ किमि कालोपत्रे भएको थियो। उक्त आवमा १६० किमि सडक कालोपत्रे, ३०५ किमि ग्राभेल र १३० किमि ट्रयाक निर्माणको लक्ष्य रहेकोमा १५२ किमि कालोपत्रे, २८६ किमि ग्राभेल र १३० किमि ट्रयाक निर्माण भएको थियो। 

त्यस्तै, आव २०७४/०७५ मा ६३ किमि कालोपत्रे, १२५ किमि ग्राभेल र १४ वटा पुल निर्माण भएका थिए। उक्त आवमा १२८० किमि ट्रयाक खोलिएका थिए।

त्यस्तै, आव २०७६/०७७ मा लक्ष्य राखेकामध्ये ७३ प्रतिशत भौतिक प्रगति र ७२ प्रतिशत वित्तिय प्रगति भएको थियो।

१९ पुलको ठेक्का व्यवस्थापन हुन बाँकी
लोकमार्गमा ४४ वटा पुल निर्माण हुनै बाँकी छ। यस्तै, कुल १४१७ किमि सडक कालोपत्रे हुनुपर्नेमध्ये अब ४१५ किमि सडक निर्माण हुन बाँकी छ। त्यस्तै, कुल १२९ पुलमध्ये २५ पुल निर्माणाधीन अवस्थामा छन् भने २०५ किमि सडक र १९ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको प्रवक्ता अधिकारी बताउँछन्। यसअनुसार ६२० किमि सडक र ४४ पुलकाे काम अझै बाँकी छ।

मध्यपहाडी लोकमार्ग निर्माणका लागि सरकारले पहिलो पटक आव २०६४/६५ मा ३ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यसवर्ष आयोजनाको पुँजीगत प्रगति ७९.१७ प्रतिशत थियो। त्यस्तै आव ०६५/६६ मा ३२ करोड ५२ लाख ६७ हजार पुँजीगत विनियोजन भएकोमा प्रगति ९०.७६ प्रतिशत भएको आयोजना निर्देशनालयले जनाएको छ।

त्यसपछिका आर्थिक वर्षमा सरकारले मध्यपहाडी लोकमार्गलाई १ अर्बभन्दा बढी रकम विनियोजन गर्दै आएको छ।  आव २०७४/७५ मा आइपुग्दा यो आयोजनालाई सरकारले ७ अर्ब ९४ करोड ८४ लाख ७३ हजार रुपैयाँ पुँजीगत विनियोजन गरेको थियो। उक्त आवमा आयोजनाको पुँजीगत प्रगति ९९ प्रतिशत भएको थियो। 

त्यस्तै आव २०७५/७६ मा आयोजनाको पुँजीगत विनियोजन ११ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ थियो भने प्रगति ९८.७० प्रतिशत भएको थियो। हालसम्म मध्यपहाडी लोकमार्गमा ३९ अर्ब ९० करोड ६३ लाख ४३ हजार ९ सय २४ रुपैयाँ पुँजीगत खर्च भएको छ भने २४ करोड ३५ लाख १८ हजार ७ सय ३८ रुपैयाँ चालू खर्च भएको छ। आव २०७६/७७ मा सरकारले मध्यपहाडी लोकमार्गलाई १२ अर्ब ११ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको थियो।

बर्सेनि बजेट बिनियोजन भइरहँदा पनि समयमा निर्माण सम्पन्न नहुने स्थिति आउनुमा विभिन्न समस्याहरु देखिएको राष्ट्रिय योजना आयोगको प्रतिवेदनले जनाएको छ। आयोगका अनुसार सडक सीमा निर्धारण नभएकाले र मुआब्जा दिने प्रचलन नरहेकाले जग्गा प्राप्तिमा समस्या हुने तथा जग्गा अधिग्रहण हुन नसकेको अवस्था छ। त्यस्तै, मुआब्जा वितरण नहुँदा रेखांकनमा पनि विवाद सिर्जना भएको अवस्था रहेको जनाइएको छ। विभिन्न जलासययुक्त जलविद्युत् आयोजना निर्माणले लोकमार्गको रेखांकन परिवर्तन गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ।

त्यस्तै, निर्माण सामग्रीको अभाव र रुख कटानको प्रक्रिया लामो र झन्झटिलो भएकाले पनि लोकमार्ग निर्माण समयमा सम्पन्न हुन नसक्ने अवस्था आएको आयोगको ठम्याई छ।

आयोजना निर्देशनालयका प्रवक्ता अधिकारी भने सडक र पुलको निर्माण बाँकी रहनु र ठेक्का व्यवस्थापनसमेत नहुँदा समयमा निर्माण नसकिएको बताउँछन्। उनकाअनुसार ठेक्का लागेका निर्माण कार्यसमेत जारी छन्। 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो आइतबार, वैशाख १३, २०८३
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, वैशाख १३, २०८३
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्