काठमाडौं- प्रिमियर लिग क्लब टोटेनहमले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पुनरागमन जित निकालेको छ।
आइब्रक्स स्टेडियम ग्लास्गोमा शनिबार राति भएको खेल टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पुनरागमन जित निकालेको हो।
टोटेनहमको जितमा ह्यारी केनको दुई गोल गरे। रेन्जर्सका एन्टोनियो मिर्को कोलाकको गोल सान्त्वना बन्यो।
खेलको २४औं मिनेटमा एन्टोनियोको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो।
तर, दोस्रो हाफमा ६ मिनेटको अन्तरमा केनले दुई गोल गरेपछि टोटेनहमले पूनरागमन जित निकाल्यो।
खेलको ५०औं मिनेटमा पहिलो गोल गरेका केनले ५६औं मिनेटमा अर्को गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।