नयाँ दिल्ली (एजेन्सी)– दक्षिण भारतको चर्चित नायिका सामन्था रुथ प्रभुको विवाह शुक्रबार तेलुगु सुपरस्टार नागार्जुन अक्किनेनीका छोरा नागा चैतन्यसँग हिन्दु परम्पराअनुसार सम्पन्न भएको छ।
नागार्जुन स्वयमले आफ्नो छोराको विवाहको फोटो सोशल मिडियामा सार्वजनिक गरे। पारिवारिक सदस्य र पुराना मित्रहरुको जमघटका बीच सम्पन्न भएको विवाहको अहिले खुब चर्चा भइरहेको छ। सामान्य भनिए पनि विवाहको व्यवस्थापन भब्य थियो।
सामन्था विवाहको साडीमा निकै राम्री देखिएकी थिइन्। दुवैले फिल्मी स्टाइलमा विवाह गरेका थिए। विवाह गोवामा सम्पन्न भएको थियो।
सामन्था छिट्टै नै आफ्नो ससुरा नागार्जुनसँग फिल्म ‘राजु गारी गाडी–२’ मा देखिदै छिन्। आफ्नो अघिल्लो फिल्मको कारण वैवाहिक जोडीको हनिमुन केही ढिलो हुने बताइएको छ।
सामान्था र चैतन्यले २०१४ मा पहिलो फिल्म ‘ये माया चेसाव’ मा सँगै काम गरेका थिए। यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो। हिन्दु परम्परापछि उनीहरु फेरि क्रिश्चियन परम्पराले पनि विवाह गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।