काठमाडौं- काठमाडौंको टोखा नगरपालिका ३ मा गएराति साढे ९ बजे बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ।
सामाखुसीबाट चण्डेश्वरी जाँदै गरेको बा ७५ प २९५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी टोखा नगरपालिका २ का २२ वर्षीय विजय डंगोलको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।
यस्तै, स्वयम्भूको ठूलो भर्याङ नजिकै गएराति साढे ११ बजे कारको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।
बसपार्कबाट स्वयम्भूतर्फ जाँदै गरेको बा ८ च २०५३ नम्बरको कारको ठक्करबाट रामेछाप घर भई हाल स्वयम्भू बस्दै आएका ११ वर्षीय विशाल थापामगर घाइते भएका हुन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।