काठमाडौं– साप्ताहिक कारोबारको पाँचौ दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो।
तोलामा १ हजार रुपैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य ९३ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन (बुधबार) भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। तोलामा १० रुपैयाँले घटेर बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँ कायम भएको छ। बुधबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १६५ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।