एथेन्स–ग्रीसको राजधानी एथेन्सबाहिर जंगलनजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेपछि एक वृद्धले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्।
आफ्नो घर आगोको ज्वालाले ध्वस्त पारेको देखेपछि ती वृद्धले आत्महत्या गरेका मृतकका आफन्त, छिमेकी र स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ ।
मंगलबार रातिको डढेलोले आवास, व्यवसाय र अन्य केही भवनमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। कैयौँ नागरिक डढेलोबाट विस्थापित भएका छन्। तीव्र गतिमा चलेको हावाका कारण आगो निभाउन कठिनाई भएको थियो।
आगो निभाउन चारसय ८५ वटा दमकल परिचालन गरिएका थिए। सेना, प्रहरी र स्वयम्सेवकहरू पनि आगो निभाउन परिचालन गरिएका थिए। बुधबार बिहानैदेखि विमान र हेलिकप्टर पनि आगो निभाउन परिचालन भएका थिए।
हरेक वर्ष गर्मी याममा ग्रीसले डढेलोको सामना गर्दै आएको छ। सन् २०१८ मा राजधानी एथेन्सनजिक माटीको तटीय रिसोर्टमा आगो लाग्दा एकसय दुई जनाको मृत्यु भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।