खार्तुम–सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका छन्।
यही जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा भिडन्त हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका हुन्।
स्वास्थ्यमन्त्री जमाल नासरले अहिले स्थिति शान्त भएको बताए। सेनाको तैनाथीले शनिबारदेखि लडाइँ कम भएको जनाइएको छ।
दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारहरूले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईवस्तु, पानी र चरनको विषयलाई लिएर पटक–पटक यस्ता झडप हुने गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।