काठमाडौं– चालु आर्थिक वर्ष २०७९/०८० को सुरुवातदेखि नै उकालो यात्रामा रहेको सेयर बजार साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) पनि बढेको छ। सेयर बजार परिसूचक (नेप्से) बुधबार ४.८९ अंकले उकालो लागेर २०५०.५९ विन्दुमा पुगेको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अंकले उकालो लागेर ३९२.५० विन्दुमा पुगेको छ।
कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँमा खरिद बिक्री भयो। कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने ८ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ। बैंकिङ ०.६२, व्यापार १२.१७, होटल तथा पर्यटन ९.७५, जलविद्युत् १२.६२ र जीवन बीमा २८.२२ अंकले ओरालो लागेको छ।
त्यस्तै, विकास बैंक ५.३५, वित्त ३१.३६, निर्जीबन बीमा ५६.१९, उत्पादन ६३.४२, अन्य १७.२३, लघुवित्त ७.९९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४८ अंकले उकालो लाग्यो। आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २८ अर्ब ३४ करोड ३६ लाख ५१ हजार ८८३ बराबर भएको छ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रु १६ करोड ४२ लाख ५९ हजार ९१७ बराबरको कारोबार भयो। यस्तै, हिमालयन डिस्टिलरी रु सात करोड ३१ लाख ३६ हजार, आइसिएफसी फाइनान्स रु पाँच करोड ३१ लाख दुई हजार ८२७, गुर्खाज फाइनान्स रु पाँच करोड २२ लाख २९ हजार ७७१ र नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड दुई लाख २० हजार ९३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स ५.६९, कर्णाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स कम्पनी ३.७८ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४७ प्रतिशतले कमाएका छन्।
यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.३३, इमर्जिङ नेपाल ४.३१, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ३.९४, बैंक अफ काठमाडौँको ऋणपत्र ३.७७ र सिभिल बैंकको ऋणपत्रका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।