काठमाडौं– आर्थिक संकट भोगिरहेको श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्।
प्रधानमन्त्री रहेका रनिललाई आममानिसमाझ रहेको उनको अलोकप्रियताका बीच सांसदहरुले देशको नयाँ राष्ट्रपति निर्वाचित गरेका हुन्।
बुधवार संसद्मा भएको मतदानका क्रममा रनिलले प्रमुख प्रतिपक्षी दलको समर्थन प्राप्त डल्लस अलाहपेरुमलाई पराजित गरे। रनिलले १३४ मत प्राप्त गरे भने दलसदलसले ८२ मत प्राप्त गरे।
आर्थिक संकट चरम बन्दै गइरहेका बेला तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे गत साता देश छाडेर भागेका थिए।
हजारौं प्रदर्शनकारी राष्ट्रपति निवास प्रवेश गरेपछि राजापाक्षे माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका थिए।
प्रदर्शनकारीहरूले गत मे महिनामा प्रधानमन्त्री नियुक्त भएका विक्रमसिङ्घको समेत राजीनामा माग गरेका थिए।
प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगजनी गर्दै उनको सरकारी निवास कब्जा गरेका थिए। यद्यपि विक्रमसिङ्घले त्यस्ता मागलाई बेवास्ता गर्दै आएका थिए।
राजपक्षले देश छाडेपछि उनले स्वत: कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्दै आएका थिए।
बुधवार नयाँ राष्ट्रपति निर्वाचित भएका रनिल सम्भवत: सन् २०२४ को नोभेम्बरसम्म राष्ट्रपति रहनेछन्।
रनिलसामू देशको अर्थतन्त्रलाई सहज अवस्थामा ल्याउने मुख्य चुनौती छ। यस्तै, महिनौंको विरोध प्रदर्शनले आक्रान्त बनेको देशमा सार्वजनिक सुव्यवस्था पुनर्स्थापित कायम गर्ने जिम्मेवारी पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।