काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।
तोलामा २०० रुपैयाँ बढेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले नै घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। तोलामा ५ रुपैयाँ बढेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार १६५ रुपैयाँ पुगेको छ। मंगलबार भने चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।