फाइल तस्बिर।
लमजुङ– निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिरोले सडक अवरुद्ध भएको हो।
रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
'अबरुद्ध सडक मंगलबार बिहानदेखि सञ्चालनमा आएको थियो। तर, वर्षा भइरहँदा गए रातिदेखि फेरि लेदो खसेर सडक अवरुद्ध भएको छ।'
आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन्। गएरातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ।
पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ। यस सडकको दूरी ४२ किलोमिटर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।