• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रतिशोधको बदलामा निर्दोष फसाउन षड्यन्त्र, प्रहरीलाई सूचना भेरिफाई गर्नुपर्ने चुनौती!

अख्तियारमा असफल स्टिङ अपरेशन, प्रहरीलाई भने भरपर्दो हतियार?
64x64
नारायण अधिकारी बुधबार, साउन ४, २०७९  ०९:२४
1140x725

काठमाडौं– एक सर्वधारणले दिएको सूचनालाई बिना भेरिफाई प्रहरीले विश्वास गर्दा निर्दोष व्यक्ति १३ दिनदेखि प्रहरी हिरासतमा छन्। कस्तुरीको बिना बोकेर हिँडेको आरोपमा एआईजी प्रमुख रहने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको टोलीले शिव लिम्बूलाई चावहिलबाट पक्राउ गरेको थियो।

पाँचथर तुमविया गाउँपालिका–५ घर भएका ४२ वर्षीय लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलको सिट मुनि लुकाएर बिना बोकेको आरोपमा उनी गत असार २३ गते पक्राउ परेका थिए। 

लिम्बू पक्राउ परेको विषय प्रहरीले नै सार्वजनिक गरेपछि आफन्तले उनी त्यस्तो मान्छे नभएको भन्दै त्यस ठाउँको सीसीटीभी फुटेज हेरेपछि घटनाले नयाँ रुप लिएको थियो। फुटेजमा लिम्बूले रोकेर राखेको मोटरसाइकलमा अर्कै व्यक्तिले बिनाजस्तो वस्तु राखेको फुटेजमा देखिएको थियो। उक्त फुटेज बाहिरिएपछि प्रहरीको भूमिका नै संकास्पद देखिएको थियो। 

त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलीप घिमिरे, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले लिम्बूलाई फसाउन उनकै साथीले प्रहरीको प्रयोग गरेको निष्कर्ष निकालेको थियो। 

लिम्बूलाई फसाउन उनकै साथी पाँचथरको चिलिडदिङ–४ का आदम भनिने सुभाष राई भएको खुलेको थियो। राईले गुल्मीको मदाने–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठको मिलेमतोमा लिम्बूलाई फसाउन खोजेका थिए। लिम्बू र राई मिलेर जग्गाको कारोबार गर्दै आएको र सोही विषयमा विवाद भएपछि राईले श्रेष्ठको सहयोगमा बिनाजस्तो वस्तु राखेर फसाउन खाजेको खुलेको थियो। 

स्रोतका अनुसार राईले एक महिना अघिदेखि नै वन्यजन्तुको अखेटोपहार ओसारपसार गर्ने व्यक्तिको बारेमा सूचना दिनेभन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका सादा पोशाकका प्रहरीलाई जानकारी दिएका थिए। आज काम हुन्छ, भोलि काम हुन्छ भन्दै उनले एक महिनाअघिदेखि प्रहरीलाई भन्दै आएका थिए।

तर, एक महिना अघिदेखि राईले भनेको उक्त सूचनालाई प्रहरी भेरिफार्ई गर्नेतर्फ लागेन। आफ्ना साथीको प्रयोग गरेर बिनाजस्तो वस्तु राखिसकेपछि फोनमार्फत प्रहरीलाई जानकारी गराएपछि प्रहरीले निर्दोष लिम्बूलाई हत्कडी लगायो। गलत सूचनालाई भेरिफाई नगरी प्रहरीले पक्राउ गर्दा निर्दोष लिम्बू विगत १३ दिनदेखि हिरासतमा छन्।

बिना राखेर फसाउन खोजेको विषय सार्वजनिक भएपछि अनौपचारिक कुराकानीका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले नेपाल लाइभसँग भने, ‘सूचना दिन्छु भन्दै अनेक मान्छे प्रहरीसँग निकट हुन्छन्÷हुन खोज्छन्। हाम्रै कार्यालयमा पनि त्यस्ता मान्छे आइरहेका हुन्छन्। उनीहरुले भनेकै सूचना भेरिफार्ई नगरी मान्छे पक्राउ गर्न थालियो भने यस्ता घटना दोहोरिरहन्छन्। यस्तै घटनामा नै झल्किने हो अनुसन्धान अधिकृतको क्षमता।’ 

Ncell 2
Ncell 2
nimb
nimb

निर्दोषलाई बिना राखेर फसाउन खोजेको घटनाभन्दा केही समयअघि रौतहटमा यस्तै किसिमको घटना भएको थियो। त्यहाँ पनि निर्दोष पत्रकारलाई फसाउन प्रहरीकै प्रयोग गरिएको थियो। गत वर्षको साउन ३२ गते रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाह सवार मोटरसाइकलबाट प्रहरीले लागूऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद भएको थियो। 

लागऔषधसहित पत्रकार पक्राउ परेपछि उक्त ठाउँ वरपरको सीसीटीभी फुटेज हेर्दा पत्रकारको मोटरसाइकलमा अर्कै व्यक्तिले लागूऔषध राखेको देखिएको थियो। लागूऔषध राखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले पत्रकारद्धयलाई पक्राउ गरेको विषय खुलासा भएको थियो। 

पत्रकारद्वयलाई फसाउन पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनीले प्रहरीको प्रयोग गरेका थिए। पत्रकारद्धय सवार मोटरसाइकलमा लागूऔषध राख्न सहनीले रौतहट माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई प्रयोग गरेको पाइएको थियो। लागुऔषध राखेपछि सहनीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले पत्रकारद्धयलाई पक्राउ गरेको थियो। 

यो घटनामा पनि सूचनालाई भेरिफाई नगरी विश्वास गर्दा निर्दोष पत्रकारले हिरासत बस्नु परेको थियो। प्रहरीलाई गलत सूचना दिएर प्रतिशोधको बदलामा सहनीले पत्रकारद्धयलाई पक्राउ गराएका थिए। यी दुवै घटनामा सीसीटीभी फुटेज नभएको भए सायद निर्दोष जेल नै जानुपर्ने अवस्था आउँथ्यो।

सूचना दिने व्यक्ति र अभियुक्त भनिएका व्यक्तिबारे राम्रोसँग नबुझी प्रहरीले पक्राउ गर्दा निर्दोष मान्छेले हैरानी खेप्नु परेको छ।

यस्तै शैलीमा हतियार राखेर निर्दोष व्यक्ति फसाउन षड्यन्त्र ललितपुरमासमेत भएको थियो। यो घटनामा भने प्रहरीले मिहिन अनुसन्धान गरेर हतियारसहित पक्राउ परेका व्यक्ति निर्दोष रहेको अनुसन्धानबाट पुष्टि गरेको छ। 

गत असार १३ गते लुभुबाट प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीमा २ राउन्ड गोली र पेस्तोलसहित ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ पक्राउ परेका थिए। यो घटनामा प्रहरीले गहन अनुसन्धान गर्दा तीन सातापछि उनी निर्दोष पाइएपछि श्रेष्ठ हिरासतमुक्त भएका छन्।

‘हतियार बोक्नुको पछाडी कि कसैलाई गोली हान्न वा बेच्न बोकेको हुनुपर्छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘तर यसमा यी दुवै कारण नदेखिएपछि झन् गम्भीर रुपमा लिएर अनुसन्धान गर्दा श्यामकृष्ण निर्दोष देखिए।’

हतियार बोक्नुको मोटिभ नदेखिएपछि अनुसन्धान अधिकृतले सूचना दिने व्यक्ति र सूचना पाउने प्रहरीका बारेमा समेत अनुसन्धान गर्दा २१ पटकसम्म प्रहरीलाई फोन गरेर सूचना दिइएको पाइएको थियो। सूचना दिने व्यक्ति र श्यामकृष्ण एउटै अफिसमा कार्यरत रहेको जानकारी पाएपछि रिसिइबीका कारण हतियार राखेको हुनसक्ने विश्लेषण गर्दै अनुसन्धान गरिएको थियो। नभन्दै तीन सातापछि सूचना दिने व्यक्ति अनिल श्रेष्ठले नै फसाउने योजनासहित श्यामकृष्णको स्कुटरमा पेस्तोल राखेको खुलेको थियो। 

उनीहरु दुवै जना एउटै सहकारीका कर्मचारी हुन्। अनिल सहयोगी सहकारीका अध्यक्ष हुन् भने श्यामकृष्ण म्यानेजर। हतियार राख्न प्रयोग गरिएका अख्खनदास श्रेष्ठ सहकारीका पूर्वउपाध्यक्ष हुन्। कर्जा असुली र पूर्वरिसिइबीका कारण श्यामकृष्णलाई फसाउन अनिलले षड्यन्त्र गरेको खुलेको छ। 

बहुविवाह मुद्दाको केश लागेको अनिलको विपक्षीमा साक्षी बसेका थिए श्यामकृष्ण। अर्कोतर्फ भने अनिलले लिएको सहकारीको २ करोड ९५ लाख रुपैयाँको सावा ब्याज तिर्न श्यामकृष्णले दबाब दिएका थिए। यी दुई कारण सम्बन्ध बिग्रिएपछि श्यामकृष्णलाई फसाउन अनिलले पेस्तोल राखेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए।

गलत सूचनाको भर पर्दा निर्दोष व्यक्ति फस्नसक्ने यी तीनवटा पछिल्ला उदाहरण हुन्। कसैले दिएको सूचनामा पूर्ण विश्वास गरिहाल्न नहुने बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल। उनी भन्छन्, ‘कसैले केही सूचना दिँदैछ भने किन सूचना दियो? सूचना दिने मान्छेसँग संदिग्ध भनिएको व्यक्तिको कस्तो कनेक्सन छ? सूचना भरपर्दो छ/छैन? संदिग्ध भनिएको व्यक्ति सूचना दिने व्यक्तिले भनेजस्तो मान्छे हो/होइन? उसको पृष्ठभूमि कस्तो छ? जस्ता कुरामा ध्यान नदिई आम मान्छेले दिएको सूचनाकै भरमा पक्राउ गर्दा यस्तो समस्या आउँछ।’

सुराकीले दिने सूचनालाई अख्तियारकै स्टिङ अपरेशनसँग जोडेर हेर्नुपर्ने तर्क मल्लको छ। अख्तियारले गर्ने स्टिङ अपरेशन पनि यस्तै सूचनाको आधारमा हुने गरेको र योजनाबद्ध तरिकाले निर्दोष फसाउन षड्यन्त्र भएको निष्कर्ष निकालेर नै सर्वोच्चले स्टिङ अपरेशन नगर्न निर्देशन दिएको हो। स्टिङ अपरेशनका घटनामा मुछिएका अधिकांशले सफाई पाएबाट पनि यो कुरा पुष्टि हुने मल्लले बताए।

जसकारण कसैले सूचना दिनेबित्तिकै भर पर्नेभन्दा पनि एक कदम अघि बढेर अनुसन्धान अधिकृत आफैंले सूचनालाई विभिन्न कोणबाट पुष्टि गरेपछि मात्रै अपरेशन गर्नुपर्ने सुझाव मल्लको छ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल खरिद–बिक्री गर्ने गरेको आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४... सोमबार, असोज ५, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परे... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्