काठमाडौं– नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै उकालो लागेको सेयर बजार साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) पनि बढेको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) १६.२७ अंकले बढेर २०४५.६९ विन्दुमा पुग्यो।
ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ इन्डेक्स २.७७ अंकले बढेर ३९१.५३ विन्दुमा पुग्यो।
मंगलबार कारोबारमा आएका सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.७७ प्रतिशतले बढ्यो।
मंगलबार सेयर बजारमा कारोबार रकम समेत बढ्यो। मंगलबार सेयर बजारमा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। यसअघि सोमबार भने १ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
आज सबैभन्दा बढी इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ८.०१ प्रतिशतले बढ्यो।
यस्तै, रकमका हिसाबले शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिदबिक्री भयो। यो कम्पनीको १५ करोड ९७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।