काठमाडौं– मधेशी आयोगका कर्मचारी पुरस्कृत भएका छन्। आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा आयोगको बेरुजु शून्य प्रतिशत कायम राख्न सफल भइ आयोगलाई उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै वर्तनमान र पूर्व कर्मचारीलाई पुरस्कृत गरिएको हो।
आयोगले एक विशेष कार्यक्रमको आयोजना गर्दै आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोथका पूर्व सचिवहरू दीपेन्द्र काफ्ले, भुवनहरी अर्याल र लोकनाथ पौड्याल तथा पूर्व लेखा प्रमुख रमेश पाण्डेलाई पुरस्कृत गरेका छन्।
उनीहरुलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको आयोगले जनाएको छ। अध्यक्ष डा दत्तले नियम र कानुनको अक्षरसः पालना गरी आयोगले पाएको बजेट सदुपयोग गर्न सहयोग गरेकोमा कर्मचारीलाई धन्यवाद दिए।
बेरुजु फर्छ्यौट अनुगमन समितिले आयोगलाई पत्र लेखेर मधेशी आयोगको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षणबाट शून्य प्रतिशत बेरुजु कायम भई दुवै लक्ष्य प्राप्त गरी ‘सर्वोत्कृष्ट भएकोमा विशेष धन्यवाद ज्ञापन गरेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।