काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।
तोलामा २०० रुपैयाँ घटेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको थियो। सोमबार छापावाल प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। तोलामा ५ रुपैयाँ घटेपछि मंगलबार चाँदीको मूल्य प्रतितोला १ हनजार १६० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।