काठमाडौं- पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिको बैठक आइतबार पनि बसेको छ।
समितिले राजस्व सचिव सचिव कृष्णहरि पुस्करसँग सोपुछ गरेको समितिका एक सदस्यले जानकारी दिए।
आर्थिक वर्ष २०७९/०८० को बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराएर राजस्व दरमा हेरफेर गराएको आरोपपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका छन्।
गत मंगलबारदेखि छानविन थालेको समितिले सुरुमा विवरण र सीसीटीभी फुटेज मगाएको थियो। आइतबारदेखि बजेट निर्माणमा संलग्न व्यक्तिहरुसँग सोधपुछ गर्न थालिएको छ।
पूर्वअर्थमन्त्री शर्मासँगसमेत सोधपुछ गर्ने समितिको कार्यविधिमा उल्लेख छ। आइतबारको बैठक सिंहदरबारमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।