काठमाडौं– आइतबारदेखि काठमाडौं महानगरभित्र कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ। उपत्यकाका अन्य स्थानीय तहमा पनि आइतबारदेखि नै फोहोरको वर्गीकरण गर्नुपर्नेछ।
घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा संकलन गरेर सवारीसाधनसम्म ल्याउनुपर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ। आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोरको संकलन गर्ने महानगरले जनाएको छ।
कुहिने र नकुहिने फोहोर नछुट्याए ल्याएको फोहोर फिर्ता लैजानुपर्ने र कारबाहीस्वरूप नगद जरिवानासमेत तिराउने महानगरपालिकाले जनाएको छ। कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवाना गर्ने महानगरको चेतावनी छ।
फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रिय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्नसमेत महानगरले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।