काठमाडौं– विश्व बैंकले नेपाललाई १० करोड डलर (करिब १२ अर्ब ७५ करोड रुपैयाँ) बराबरको ऋण सहायता प्रदान गर्ने भएको छ। नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि विश्व बैंकले उक्त ऋण सहयोग गर्न लागेको हो।
विश्व बैंकका कार्यकारी निर्देशक तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय प्रतिनिधि फारिस हदाद जर्भोसले शुक्रबार १० करोड डलर बराबरको ऋण सहयोग स्वीकृत गरेका छन्।
कोभिड महामारीको समय, वातावरणीय सुरक्षा, समावेशी तथा विकास कार्यलाई अगाडि बढाउन विश्व बैंकले नेपालमा आफ्नो सहयोग केन्द्रित गरेको जनाएको छ। १० करोड डलर बराबरको सहयोगले सहयोगले नेपालको दिगो विकास र समृद्धिमा सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।