• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
विशेष अदालतको तथ्यांक

अख्तियारका अधिकांश अनुसन्धान असफल, नक्कली प्रमाणपत्रबाहेक अन्य मुद्दामा सफाइ 

64x64
नेपाल लाइभ शुक्रबार, असार ३१, २०७९  १९:४०
1140x725

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेसहितविरुद्ध २०७५ मा भ्रष्टाचार मुद्दा दायर ग¥यो। यसलाई अख्तियारले ‘ठूला माछा’ का रुपमा ठूलै हल्ला पनि गर्‍यो। 

यो मुद्दामा विशेष अदालतले चार वर्ष लगाएर २०७९ असार ५ गते सुनुवाइ गर्दै गर्दै फैसला सुनायाे । 

अख्तियारले अनुसन्धानका लागि वर्षौं लगाएर प्रमाण संकलन गरेको मुद्दामा सुनुवाइ गर्दै विशेषले कसैलाई पनि ठहर गर्ने प्रमाण नपुगेको आधारमा सफाइ दियो। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेसहित सबैलाई सफाइ दिने फैसला सुनायो। यो फैसलासँगै अख्तियारको अनुसन्धान र विशेषको फैसला दुवैमाथि सार्वजनिक टीकाटिप्पणी भयो। 

 अख्तियारले सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यति ठूलो विगो दावी गरिएको मुद्दामा अदालतले एक जनालाई पनि ठहर गर्ने प्रमाण नदेखेपछि सफाइ दिएकाले अख्तियारको अनुसन्धानमा प्रश्न गर्ने ठाउँ देखियो ।  
अख्तियारले पाण्डेविरुद्ध मात्र २ अर्ब १३ करोडको बिगो दाबी गरेको थियो। पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहितको उक्त मुद्दा भीआइपी जोडिएकोमध्येको एक थियो। उक्त प्रकरणमा आयोजना प्रमुख र अन्य पनि जोडिएका थिए। तर उनीहरुले पाँच वर्षसम्म विशेष अदालतको तारेख खेपे। अनि अन्ततः सफाइ पाए। यसले उनीहरुलाई पनि विना प्रमाण अख्तियारले मुद्दा दायर गरे झैं देखियो । 

पाण्डेको जस्तै विशेष अदालतवाट आर्थिक वर्ष २०७८/७९मा ३३९ थान फैसला भए। जसमा २६८ थान मुद्दामा सफाइ दिने फैसला विशेष अदालतले गर्‍यो। आंशिक ठहर २५ तथा ठहर ४१ मुद्दामा भए। 

विशेष अदालतको यो तथ्याक हेर्दा आर्थिक वर्षमा अख्तियारले दायर गरेका ७९ प्रतिशत मुद्दा असफल भएको देखियो। अख्तियारले अनुसन्धानपछि दायर गरेका २० प्रतिशत मुद्दा मात्र सफल हुन सके।  अधिकांश मुद्दामा विशेषले दोषी ठहर गर्ने प्रमाण नै उपलव्ध नभएको भन्दै सफाइ दियो। यो वर्ष धेरै मुद्दाले सफाइ पाउनुको कारण स्टीङ अप्रेसन भएको सरकारी वकिलको दावी छ।

अख्तियारको मुद्दा प्रतिरक्षा गर्दै आएको विशेष सरकारी वकिलको कार्यालयले पनि अख्तियारले अनुसन्धान प्रभावकारी नगरी मुद्दा मात्र दायर गरेर संख्यामा प्रगति देखाउने काम गरेको टिप्पणी गरेको छ। विशेष सरकारी वकिल कार्यालयका एक अधिकृतले अख्तियारको अधिकाश मुद्दामा वहस गर्न जाँदा प्रमाण नै नहुने, सबै प्रतिवादीलाई एकै विगो देखाइदिने, संलग्नताको तहसम्म छुट्टाउन मुस्किल हुने र फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्दा धेरैमा असफल हुने गरेको बताए।  

Ncell 2
Ncell 2
nimb
nimb

विशेष अदालतको तथ्यांकले पनि उनको भनाइ पुष्टि गरेको देखिन्छ।  

विशेष अदालतले यस वर्ष सबैभन्दा ठहर गरेको मुद्दा नक्कली प्रमाणपत्रमा मात्र हो। नक्कली प्रमाणपत्र मुद्दामा ३० थान फैसला गर्दा २५ मा ठहर गरेको छ। सफाई ५ थानमा मात्र सफाइ दिएको  छ। अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन, घुस रिसवत र अन्य मुद्दामा ५० प्रतिशतभन्दा कम नै सफलता प्राप्त गरेको देखिन्छ । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अख्तियारको अनुसन्धानमा असन्तुष्टि व्यक्त गरे। विशेष अदालतमा आयोजित पत्रकार सम्मेलनमा उनले अख्तियारको अनुसन्धानमा सन्तोष हुन नसकेको बताए। ‘विशेष अदालत अख्तियारले अभियोजन गरेर ल्याएको अभियोगपत्रमा छाप लगाउन बसेको हो र?’ उनले भने ‘मिसिल र प्रमाणको आधारमा फैसला गर्ने होला। मिसिल र प्रमाण केही छैन कसरी ठहर गर्ने। केही त हुन पर्ला नि ।’ 

उनले अनुसन्धान प्रभावकारी नभएसम्म न्याय निरुपण प्रभावकारी नहुने बताए। उनले अदालतले सबैलाई सफाइ दियो भनि सार्वजनिक सञ्चार माध्यममा आफूले पढेको तर त्यो सम्पूर्ण रुपमा सत्य नभएको बताए। उनले यो आर्थिक वर्षमा स्टीङ अप्रेसनका मुद्दाका कारण पनि धेरै सफाइ पाएको तथ्यांक देखिएको बताए। सर्वोच्च अदालतले अख्तियारले पैसा दिएर गर्ने स्टीङ अप्रेसन अवैधानिक भएको ठहर गरेको थियो। विशेष अदालतमा यही प्रक्रियाबाट दायर भएका २५९ थान मुद्दा सुुनुवाइ गर्दै फैसला गरेकोमा २४० थानमा सफाइ दिनुपर्ने फैसला भएको उनले बताए। स्टिङ अप्रेसनबाहेक अतिरिक्त प्रमाण भएका १२ थान मुद्दा ठहर भएको र ७ थान आंशिक ठहर भएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

याे वर्ष  सर्वाधिक फैसला गर्न सफल 
विशेष अदालतले यो वर्ष विगत केही वर्षको तुलानामा सर्वाधिक फैसला गर्न सफल भएको छ। 

विशेष अदालतका रजिस्ट्रार अशोककुमार क्षेत्रीले आर्थिक वर्ष २०७८/७९ सर्वाधिक फैसला भएको वर्ष बनेको बताए। अदालतमा विचाराधीन ७९२ थान मुद्दामध्ये ३३९ थान मुद्दा फैसला गर्दै यस वर्ष ४२.८० प्रतिशत सफलता प्राप्त गरेको उनले  बताए। 

विशेष अदालतमा लामो समय न्यायाधीश नहुँदा पनि यो वर्ष धेरै मुद्दा फैसला गर्न सफल भएको उनले बताए। विशेषमा अब फैसला हुन बाँकी २ वर्ष नाघेका मुद्दा २१६ थान, १८ महिनादेखि २ वर्षभित्रका ५०, १ वर्षदेखि १८ महिनाभित्रका ४८ थान मुद्दा विचाराधीन छन्। 

विशेष अदालतले ३३९ थान मुद्दा फैसला भएकोमा १३६ थान मुद्दाको मात्र फैसला तयार गर्न बाँकी रहेको दाबी गरेको छ। विशेषले धरौटीतर्फ ९ करोड १६ लाख ४८ हजार ९ सय १३ रुपैया राजस्व संकलन गरेको छ। जरिवानावापत ७२ लाख ५८ हजार ६ सय ४  रुपैयाँ र न्यायीक दस्तुरवापत ४ लाख १३ हजार १ सय २० रुपैयाँ संकलन गरेको छ। 

तथ्यांकमा मुद्दा

गैरकानुनी सम्पत्ति   
जम्मा मुद्दा ५
सफाइ ३ 
आंशिक ठहर २ 
सफाइ प्रतिशत ६० 

घुस रिसवत
 जम्मा मुद्दा २५९ 
सफाइ २४० 
ठहर १२ 
आंशिक ठहर ७ 
सफाइ प्रतिशत ९२

सम्पत्ति शुद्धीकरण 
जम्मा मुद्दा २ 
ठहर १ 
सफाइ १ 
सफाइ ५० प्रतिशत 

नक्कली प्रमाणपत्र 
जम्मा मुद्दा ३० 
ठहर २५ 
सफाइ ५ 
सफाइ प्रतिशत १६ 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्