• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चन्द्रमा पुगेर किन ‘मुन वाक’ गर्न चाहन्थे माइकल ज्याक्सन?

शुभम उपाध्याय शनिबार, असार ३२, २०७९  ०७:०५
1140x725

माइकल ज्याक्सनलाई ‘किङ्ग अफ पप’ भन्ने गरिन्छ। पुरानो जमानाकी चर्चित अभिनेत्री एलिजाबेथ टेलरले एक समारोहमा यतिसम्म भनेकी थिइन् कि, ‘माइकल ज्याक्सन पप संगीत, रक संगीत र आत्माका राजा हुन्।’

४० वर्ष लामो करिअरमा उनले गीत, म्युजिक भिडियो र स्टेज शोमार्फत भएको आम्दानीले हरेक किसिमका कीर्तिमान तोडेका थिए। ५० वर्षको उमेरमा उनी दुनियाँबाट बिदा लिएका थिए। तर, मृत्युपछि पनि यी अफ्रिकी अमेरिकी कलाकारको कमाइ सन् २०१६ मा ८२५ मिलियन डलर थियो। फोब्र्सको एउटा सुचिमा उनको यो कमाइबारे उल्लेख छ।

एमटीवीलाई पनि माइकल ज्याक्सनका कारण एक समयमा निकै धेरै कमाइ र चर्चा पाउने अवसर प्राप्त भएको थियो। अमेरिकामा सन् १९८१ मा सार्वजनिक भएको एमटीवीलाई माइकल ज्याक्सनको एल्बम ‘थ्रिलर’ (१९८२) को रिलिजपछि घरघरमा चिन्न थालिएको थियो। यो एल्मबमा भएका तीन गीतका भिडियोहरूले पूरै अमेरिकामा चर्चा कमाएको थियो। 

‘बिली जीन’, ‘थ्रिलर’ र ‘बीट इट’ नामक म्युजिक भिडियोहरूमा हल्लिँदै गाइरहेका २४ वर्षका एमजे आफ्नो चर्चित नृत्यहरूको पहिलो झलक देखाएका थिए, जसलाई उनले पछि विश्वविख्यात बनाउन लागेका थिए। पछि एक टेलिभिजन शोमा उनले सन् १९८३ मा ‘बिली जीन’ गीतको प्रस्तुति दिँदै गर्दा दुनियाँले पहिलो पटक माइकल ज्याक्सनले ‘मुन वाक’ गरिरहेको देखेका थिए।

माइकल ज्याक्सनको जिन्दगीका हरेक पक्ष र कोणबाट पहिल्यै चर्चा भइसकेको छ र त्यो अहिले पनि जारी छ। तर, एउटा यस्तो चीज छ, जसबारे ज्यादा लेखिएको वा पढिएको छैन। त्यो हो, माइकल ज्याक्सनले चन्द्रमालाई गर्ने अथाह प्रेम।

चन्द्रमाको उपस्थितिबिना जसको कविता, गीत र त्रिवेणीहरु अधुरा छन्, उनै गुलजार र माइकल ज्याक्सनबीचमा यही समानता छ।

मुन वाकको नाम ‘मुन वाक’ किन भयो? यसको कुनै ठोस कारण छैन। माइकल ज्याक्सनभन्दा धेरै पहिले आएका कलाकारहरुले पनि मुन वाकको प्रस्तुति गरेका थिए। स्वयम् माइकल ज्याक्सनले पनि यो प्रस्तुति अरुबाट सिकेका थिए। तर, जब उनले यसलाई स्टेजमा प्रदर्शन गरे, संसारमै सबैभन्दा सर्वश्रेष्ठ शैलीमा प्रस्तुत गरेका थिए। यो प्रस्तुतिलाई त्यो बेलासम्म कलाकारहरूका बीचमा ‘ब्याक स्लाइड’ नामबाट चिनिन्थ्यो।

तर, ‘बिली जीन’ गीतमा एमजेले पहिलो पटक यस्तो चमत्कारी ढंगबाट ‘ब्याक स्लाइड’ गरिरहेको देखेपछि उनलाई अरुले सोधेका थिए, ‘यो के हो?’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले जवाफमा भनेका थिए, ‘मुन वाक।’ अर्थात्, चन्द्रमामा चल्ने तरिका। 

ज्याक्सनमाथि कैयौँले किताब लेखेका छन्। उनलाई निजी रुपमा चिन्नेदेखि उनको अनुमति लिएर उनीमाथि वृत्तचित्र (लिभिङ विद माइकल ज्याक्सन) बनाउनेसम्मले अनेक खुलासा गरेका छन्। प्लास्टिक सर्जरीदेखि यौन शोषणका आरोपसम्मका कुराहरु यी किताब तथा वृत्तचित्रमा उल्लेख गरिएको छ। 

तर, यीमध्ये कतिपय विषयहरू यसै हल्ला चलेका छन् र साबित हुन सकेका छैनन्। तर, सार्वजनिक बहसको विषयको रूपमा भने यी विषय सधैं चर्चामा रहिरहने छन्।

किताबहरुको भिडमा त्यो किताबको कम चर्चा भएको छ, जसलाई माइकल ज्याक्सन स्वयंले लेखेका छन्। सन् १९८८ मा प्रकाशनमा आएको उनको आत्मकथाको नाम पनि ‘मुन वाक’ नै थियो। यसलाई उनी आफैंले लेखेका थिए। मुनवाकबारे दुनियाँलाई तबमात्र थाहा भयो, जब यो छापिएर बजारमा आयो। पुस्तकमा राखिएका जानकारीहरू प्रकाशन हुनुभन्दा अगाडि नै बाहिरिन्छन् भनेर यो पुस्तकलाई एउटा कोड नाम दिइएको थियो– निल आर्मस्टङ्ग। अर्थात्, त्यही व्यक्ति, जो पहिलो पटक चन्द्रमामा हिँडेका थिए।

Xtrem

Xtrem

उनले पुस्तकमा बाल्यकालमा आफ्नो बुबाले गरेको हिंसा सहेकोदेखि नाकको सर्जरी गरेको तथा डिम्पल बनाउनका लागि गरिएको सर्जरीसम्मको घटना उल्लेख गरेका छन्। 

पुस्तक प्रकाशन भएकै वर्ष सन् १९८८ मा माइकल ज्याक्सनले आफैंमाथि एउटा फिल्म बनाएका थिए, जसमा उनले आफ्ना प्रिय म्युजिक भिडियोहरूलाई समावेश गरेका थिए। ९२ मिनेटको त्यो फिचर फिल्मको नाम थियो– मुन वाकर। 

छालाको बिरामीका कारण आफूलाई चन्द्रमाजस्तै सेतो बनाउन चाहने माइकल ज्याक्सनका एक साथी थिए, उरी गेलर। उनी एक जादूगर थिए र स्टीलका चम्चालाई टेढा गर्नका लागि उनी आज पनि प्रख्यात छन्। उनी सन् २०११ मा प्रकाशन भएको पुस्तक ‘माइकल ज्याक्सनः द आइकन’मा भन्छन्, ‘माइकल ज्याक्सन सधैँ चन्द्रमामा जान चाहन्थे। 

उनले सन् २००५ मा चन्द्रमामा करिब हजार एकड जमिन चन्द्रमामा किनेका थिए। त्यसकारण उनी पप संगीतका अन्य कलाकारभन्दा पहिले चन्द्रमामा पुग्न चाहन्थे। उनी आफ्नो यो चाहनाप्रति यति गम्भीर थिए कि, यसैका लागि करोडौं खर्च गर्न तयार मात्रै नभएर एक अन्तरिक्ष यात्रीसँग पनि निरन्तर सम्पर्कमा थिए।

तर, किन?

किनकि, माइकल ज्याक्सन चन्द्रमामा ‘मुन वाक’ गर्न चाहन्थे। 

चन्द्रमामा आफ्नो शैलीमा हिँड्ने उनको यो सपना पूरा हुन पाएन। तर, २५ जुन २००९ मा उनको निधन भएको केही दिनपछि चन्द्रमामा भएको एक खाल्डो (क्रेटर)को नाम उनैको नाममा आधारित हुँदै माइकल जोसफ ज्याक्सन राखिएको थियो। 

सत्याग्रहमा प्रकाशित सामग्रीको भावानुवाद

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्