• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चन्द्रमा पुगेर किन ‘मुन वाक’ गर्न चाहन्थे माइकल ज्याक्सन?

शुभम उपाध्याय शनिबार, असार ३२, २०७९  ०७:०५
1140x725

माइकल ज्याक्सनलाई ‘किङ्ग अफ पप’ भन्ने गरिन्छ। पुरानो जमानाकी चर्चित अभिनेत्री एलिजाबेथ टेलरले एक समारोहमा यतिसम्म भनेकी थिइन् कि, ‘माइकल ज्याक्सन पप संगीत, रक संगीत र आत्माका राजा हुन्।’

४० वर्ष लामो करिअरमा उनले गीत, म्युजिक भिडियो र स्टेज शोमार्फत भएको आम्दानीले हरेक किसिमका कीर्तिमान तोडेका थिए। ५० वर्षको उमेरमा उनी दुनियाँबाट बिदा लिएका थिए। तर, मृत्युपछि पनि यी अफ्रिकी अमेरिकी कलाकारको कमाइ सन् २०१६ मा ८२५ मिलियन डलर थियो। फोब्र्सको एउटा सुचिमा उनको यो कमाइबारे उल्लेख छ।

एमटीवीलाई पनि माइकल ज्याक्सनका कारण एक समयमा निकै धेरै कमाइ र चर्चा पाउने अवसर प्राप्त भएको थियो। अमेरिकामा सन् १९८१ मा सार्वजनिक भएको एमटीवीलाई माइकल ज्याक्सनको एल्बम ‘थ्रिलर’ (१९८२) को रिलिजपछि घरघरमा चिन्न थालिएको थियो। यो एल्मबमा भएका तीन गीतका भिडियोहरूले पूरै अमेरिकामा चर्चा कमाएको थियो। 

‘बिली जीन’, ‘थ्रिलर’ र ‘बीट इट’ नामक म्युजिक भिडियोहरूमा हल्लिँदै गाइरहेका २४ वर्षका एमजे आफ्नो चर्चित नृत्यहरूको पहिलो झलक देखाएका थिए, जसलाई उनले पछि विश्वविख्यात बनाउन लागेका थिए। पछि एक टेलिभिजन शोमा उनले सन् १९८३ मा ‘बिली जीन’ गीतको प्रस्तुति दिँदै गर्दा दुनियाँले पहिलो पटक माइकल ज्याक्सनले ‘मुन वाक’ गरिरहेको देखेका थिए।

माइकल ज्याक्सनको जिन्दगीका हरेक पक्ष र कोणबाट पहिल्यै चर्चा भइसकेको छ र त्यो अहिले पनि जारी छ। तर, एउटा यस्तो चीज छ, जसबारे ज्यादा लेखिएको वा पढिएको छैन। त्यो हो, माइकल ज्याक्सनले चन्द्रमालाई गर्ने अथाह प्रेम।

चन्द्रमाको उपस्थितिबिना जसको कविता, गीत र त्रिवेणीहरु अधुरा छन्, उनै गुलजार र माइकल ज्याक्सनबीचमा यही समानता छ।

मुन वाकको नाम ‘मुन वाक’ किन भयो? यसको कुनै ठोस कारण छैन। माइकल ज्याक्सनभन्दा धेरै पहिले आएका कलाकारहरुले पनि मुन वाकको प्रस्तुति गरेका थिए। स्वयम् माइकल ज्याक्सनले पनि यो प्रस्तुति अरुबाट सिकेका थिए। तर, जब उनले यसलाई स्टेजमा प्रदर्शन गरे, संसारमै सबैभन्दा सर्वश्रेष्ठ शैलीमा प्रस्तुत गरेका थिए। यो प्रस्तुतिलाई त्यो बेलासम्म कलाकारहरूका बीचमा ‘ब्याक स्लाइड’ नामबाट चिनिन्थ्यो।

तर, ‘बिली जीन’ गीतमा एमजेले पहिलो पटक यस्तो चमत्कारी ढंगबाट ‘ब्याक स्लाइड’ गरिरहेको देखेपछि उनलाई अरुले सोधेका थिए, ‘यो के हो?’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले जवाफमा भनेका थिए, ‘मुन वाक।’ अर्थात्, चन्द्रमामा चल्ने तरिका। 

ज्याक्सनमाथि कैयौँले किताब लेखेका छन्। उनलाई निजी रुपमा चिन्नेदेखि उनको अनुमति लिएर उनीमाथि वृत्तचित्र (लिभिङ विद माइकल ज्याक्सन) बनाउनेसम्मले अनेक खुलासा गरेका छन्। प्लास्टिक सर्जरीदेखि यौन शोषणका आरोपसम्मका कुराहरु यी किताब तथा वृत्तचित्रमा उल्लेख गरिएको छ। 

तर, यीमध्ये कतिपय विषयहरू यसै हल्ला चलेका छन् र साबित हुन सकेका छैनन्। तर, सार्वजनिक बहसको विषयको रूपमा भने यी विषय सधैं चर्चामा रहिरहने छन्।

किताबहरुको भिडमा त्यो किताबको कम चर्चा भएको छ, जसलाई माइकल ज्याक्सन स्वयंले लेखेका छन्। सन् १९८८ मा प्रकाशनमा आएको उनको आत्मकथाको नाम पनि ‘मुन वाक’ नै थियो। यसलाई उनी आफैंले लेखेका थिए। मुनवाकबारे दुनियाँलाई तबमात्र थाहा भयो, जब यो छापिएर बजारमा आयो। पुस्तकमा राखिएका जानकारीहरू प्रकाशन हुनुभन्दा अगाडि नै बाहिरिन्छन् भनेर यो पुस्तकलाई एउटा कोड नाम दिइएको थियो– निल आर्मस्टङ्ग। अर्थात्, त्यही व्यक्ति, जो पहिलो पटक चन्द्रमामा हिँडेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले पुस्तकमा बाल्यकालमा आफ्नो बुबाले गरेको हिंसा सहेकोदेखि नाकको सर्जरी गरेको तथा डिम्पल बनाउनका लागि गरिएको सर्जरीसम्मको घटना उल्लेख गरेका छन्। 

पुस्तक प्रकाशन भएकै वर्ष सन् १९८८ मा माइकल ज्याक्सनले आफैंमाथि एउटा फिल्म बनाएका थिए, जसमा उनले आफ्ना प्रिय म्युजिक भिडियोहरूलाई समावेश गरेका थिए। ९२ मिनेटको त्यो फिचर फिल्मको नाम थियो– मुन वाकर। 

छालाको बिरामीका कारण आफूलाई चन्द्रमाजस्तै सेतो बनाउन चाहने माइकल ज्याक्सनका एक साथी थिए, उरी गेलर। उनी एक जादूगर थिए र स्टीलका चम्चालाई टेढा गर्नका लागि उनी आज पनि प्रख्यात छन्। उनी सन् २०११ मा प्रकाशन भएको पुस्तक ‘माइकल ज्याक्सनः द आइकन’मा भन्छन्, ‘माइकल ज्याक्सन सधैँ चन्द्रमामा जान चाहन्थे। 

उनले सन् २००५ मा चन्द्रमामा करिब हजार एकड जमिन चन्द्रमामा किनेका थिए। त्यसकारण उनी पप संगीतका अन्य कलाकारभन्दा पहिले चन्द्रमामा पुग्न चाहन्थे। उनी आफ्नो यो चाहनाप्रति यति गम्भीर थिए कि, यसैका लागि करोडौं खर्च गर्न तयार मात्रै नभएर एक अन्तरिक्ष यात्रीसँग पनि निरन्तर सम्पर्कमा थिए।

तर, किन?

किनकि, माइकल ज्याक्सन चन्द्रमामा ‘मुन वाक’ गर्न चाहन्थे। 

चन्द्रमामा आफ्नो शैलीमा हिँड्ने उनको यो सपना पूरा हुन पाएन। तर, २५ जुन २००९ मा उनको निधन भएको केही दिनपछि चन्द्रमामा भएको एक खाल्डो (क्रेटर)को नाम उनैको नाममा आधारित हुँदै माइकल जोसफ ज्याक्सन राखिएको थियो। 

सत्याग्रहमा प्रकाशित सामग्रीको भावानुवाद

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम
सम्बन्धित सामग्री
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले देशको राजनीतिक नेतृत्व, आर्थिक चुनौती, जारी युद्ध र शान्तिको आवश्यकताबारे... मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्... मंगलबार, कात्तिक १०, २०८३
ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला निर्वाचित पहिलो चरणमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् । बोल्सोनार... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल मंगलबार, कात्तिक १०, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
एनपीएल: विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्दै मंगलबार, कात्तिक १०, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्