प्रतिकात्मक तस्बिर।
काठमाडौं– जुम्लामा एक लघु जलविद्युत् आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गृह भासिँदा आयोजनाका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत, उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन्। उनीहरु तीनै जना आयोजनाको पावर हाउसभित्र सुतिरहेका थिए । शुक्रबार बिहान करिब २ बजेतिर पावर हाउस भासिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।