काठमाडौं– सर्वोच्च अदालतले वितरण गरेको वरिष्ठ अधिवक्ताको उपाधिमा दुई न्यायाधीश नपरेको भनी आएको समाचारप्रति ती न्यायाधीशहरूले खण्डन गरेका छन्।
उक्त समाचारमा ध्यानाकर्षण भएको भन्दै आफूहरूले वरिष्ठको दाबी नगरेको उनीहरूले बताएका छन्।
न्यायाधीश हुनका लागि संविधान र कानुनले मापदण्ड तोकेको तथा वरिष्ठ अधिवक्ताको उपाधिमा आफूहरुले कुनै पनि दाबी नगरेको ती न्यायाधीशहरूले बताएका छन्।
सर्वोच्च अदालतको फुलकोर्टले कानुन व्यवसायीको प्रमाणपत्रको आधारमा वरिष्ठ अधिवक्ताको उपाधि वितरण गरेकोले न्यायाधीशको नाम जोडेर समाचार प्रकाशन गर्नु आवश्यक नहुने एक न्यायाधीशले नेपाल लाइभलाई बताए।
नेपाल लाइभले वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्दा महान्यायाधिवक्ता खम्बबहादुर खाती र सर्वोच्चका दुई न्यायाधीश मनोज शर्मा र हरि फुयाँल नपरेको विषयमा बुधबार नै समाचार प्रकाशन गरेको थियो।
उक्त समाचारको ती न्यायाधीशहरूले खण्डन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।