काठमाडौं– नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा महाप्रसाद अधिकारी नामका व्यक्ति २०७३ सालमै रहेको पाइएको छ।
अहिले एम अधिकारीका रुपमा उक्त समितिमा रहेका उनी २०७३ जेठ २१ गते एमालेले जारी गरेको प्रेस वक्तव्यमा उल्लेखित छन्।
सुरेन्द्र पाण्डे प्रमुख रहेको उक्त विभागको १५ नम्बरमा महाप्रसाद अधिकारीको नाम उल्लेख छ। एमालेको उक्त विभागमा राखिएको एम अधिकारी आफू नरहेको गभर्नर अधिकारीले बताएका छन्।
नाम मात्रै नभइ ठेगानासमेत मिल्ने भएकाले गभर्नर अधिकारी नै एमालेको सदस्य रहेको दाबी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतले गरिरहेका छन्।
उक्त समय विभागका संयोजक रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले यसको खण्डन गरेका छन्। नेपाललाइभसँग उनले भने, ‘गर्भनर अधिकारीलाई १२ वर्ष अगाडि मैले नै भनेर डेपुटी गर्भनरमा नियुक्त गरेको हो। मैले संगत गरेका अधिकारी कुनै पार्टीका कार्यकर्ता बन्ने, कर्मचारी संगठनमा बस्ने खालका थिएनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।