काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको कुनै पनि विभाग वा कमिटीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नभएको बताएका छन्।
एमालेको अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद खधिकारीको संलग्नताबारे धेरैले चासो राखेकाले एमालेको कुनै विभाग वा कमिटीमा सार्वजनिक पद धारण गरेको व्यक्ति रहने वैधानिक व्यवस्था नै नभएको बताएका छन्।
उक्त विभागका प्रमुख भुसाल नै हुन्। उनले सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै भनेका छन्, ‘हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु।’
यस्तै, उनले स्वयम् गभर्नर अधिकारीसमेतले आफू कुनै पार्टी राजनीतिमा संलग्न नरहेको र एमालेलको विभागमा राखिएको एम अधिकारी नामको व्यक्ति आफू नरहेको बताइसकेकाले पनि त्यसमा सन्देह नगर्न अनुरोध गरेका छन्।
एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारीको नाम छ। अहिले सत्तारुढ दल र तिनका भातृ संगठनले उक्त एम अधिकारी नाम गरेको व्यक्त गभर्नर अधिकारी नै भएको भन्दै संदनदेखि सडकसम्म राजीनामा मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।