काठमाडौं– राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ।
निष्काशन गरिने कूल सेयरमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेब तथा एपमार्फत पनि सेयर भर्न सकिनेछ।
निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।