• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

राजपक्षे परिवारका १८ जना श्रीलंका सरकारमा :  देशको बर्बादीमा कति जिम्मेवार? 

64x64
नेपाल लाइभ बुधबार, असार २९, २०७९  ०७:०९
1140x725
बायाँबाट महिंदा, चमाल र गोटाबाया राजपक्षे। तस्बिर: गेट्टी इमेज

कोलोम्बो- श्रीलंकाको राजनीतिमा परिवारको वर्चस्वको कहानी कुनै नयाँ कुरा होइन। तर, राजपक्षे परिवारले यसलाई नयाँ उचाइमा पुर्‍याइदिए। 

कुनै समय श्रीलंकामा भण्डारानायके परिवारको पकड थियो। यो परिवारमा सबैभन्दा पहिले सोलोमन भण्डारानायके प्रधानमन्त्री बने। सन् १९५९ मा एक बौद्ध चरमपन्थीले उनको गोली हानेर हत्या गरे।

उनीपछि उनकी श्रीमति सिरिमाओ राजनीतिमा आइन्। सन् १९६०मा श्रीलंकाका जनताले उनलाई प्रधानमन्त्री चुने र उनी संसारकै पहिलो महिला प्रधानमन्त्री बनिन्।

त्यसपछि सिरिमाओकी नातिनी चन्द्रिका भण्डारानायके कुमारतुंग राष्ट्रपति बनिन्। सन् १९९४ मा उनले श्रीलंकाको पहिलो महिला राष्ट्रपति बन्ने इतिहास निर्माण गरिन्।

तर, भण्डारनायके परिवारले कहिल्यै पनि राजपक्षे खानदानका जसरी पूरै देशको सत्तामाथि कब्जा गरेन। 

राजपक्षे परिवारको पूरै नियन्त्रणमा श्रीलंका
कोलम्बोका एक राजनीतिक टिप्पणीकार जयदेव उयानगोडाले गत वर्ष बीबीसीसँग भनेका थिए,  'श्रीलंकामा पहिले पनि सेनानायके, जयवर्द्धने र भण्डारानायके जस्ता राजनीति परिवारको दबदबा रह्यो। तर राजपक्षे परिवारले परिवारवादको नयाँ उचाई छोएका छन्।'

बितेका १५ वर्ष यो परिवारले राजनीतिमा कति उतारचढाव देखे तर उनीहरु हरेकपटक फर्किदा देशको केन्द्रमै पुगे।
एकातर्फ महिन्दा राजपक्षे यस खानदानका मुखिया हुन्। जबकी उत्तरी श्रीलंकामा तमिल विद्रोहीसँगको गृहयुद्धमा विवादास्पद भूमिकापछि पनि उनका कान्छा भाइ गोटाबाया राजपक्षेको कद लगातार बढ्याे।

यसपल्ट राष्ट्रपति त छन् तर ताजा राजनीतिक संकटका कारण बुधबार राजीनामा दिने घोषणा गरेका छन्। अहिले श्रीलंकाको सरकारमा राजपक्षे परिवारका पाँच सदस्य मन्त्री छन्। यसमा चार भाइ हुन् र एक चाहिँ भाइका छोरा। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रपति गोटाबाया राजपक्षे रक्षा मन्त्री पनि थिए। महिन्दा राजपक्षे प्रधानमन्त्री, चमाल राजपक्षे सिंचाई मन्त्री, बासिल राजपक्षे वित्त मन्त्री, नमल राजपक्षे खेल मन्त्री (महिन्दा राजपक्षेका छोरा) छन्। 

जयदेव उयानगोडा भन्छन्, 'पहिलेका राजनीति परिवार सरकार मात्रै नियन्त्रणमा राख्न चाहन्थे तर राजपक्षे परिवार पूरै व्यवस्था नियन्त्रण गर्न चाहन्छन्।'

महिन्दा राजपक्षे
महिन्दा राजपक्षे सन् १९७० मा २४ वर्षको उमेरमा पहिलोपल्ट श्रीलंकाका सांसद बनेका थिए। उनी अहिलेसम्मकै सबैभन्दा कम उमेरमा श्रीलंकाको सांसद बनेका व्यक्ति हुन्। 

तर, राजनीतिमा भने उनी पहिलो राजपक्षे होइनन्। उनका पिता डीए राजपक्षे सन् १९४७ देखि १९६५ सम्म हम्बनटोटाबा सांसद थिए। 

Xtrem

Xtrem

महिन्दा तीव्र गतिमा सफलताको सिढी चढ्दै श्रीलंका फ्रिड पार्टीको मुख्य नेता बन्न पुगे। सन् २००४ मा उनी पहिलोपटक छोटो समयका लागि प्रधानमन्त्री बने।

अर्को वर्ष राष्ट्रपति बने। सन् २०१० मा आर्मी प्रमुख सनत फोनसेकालाई हराएर फेरि राष्ट्रपति बने। देशको आर्थिक अवस्था बिग्रदो रहेपछि सन् २०१५ को निर्वाचनमा उनले हारे। तर, सन् २०१९ मा श्रीलंकाको इस्टरका दिन भएको विष्फोटले राजपक्षेलाई राजनीतिको केन्द्रमा ल्याइदियो। त्यसपछि फेरि उनी प्रधानमन्त्रीको उम्मेदवार बने र जिते। 

गोटाबाया राजपक्षे
श्रीलंकाका वर्तमान राष्ट्रपति नन्दासेना गोटाबाया राजपक्षे श्रीलंकाको सेनामा लेफ्टिनेन्ट कर्नेल भइसकेका व्यक्ति हुन्। सेनाबाट रिटायर भएपछि सन् १९९८ मा उनी अमेरिका गएका थिए। 

सन् २०० ५ मा आफ्ना दाजु महिन्दा राजपक्षेलाई राष्ट्रपति जिताउन उनी श्रीलंका फर्किए। महिन्दाले चुनाव जिते र गोटाबाया डिफेन्स सेक्रेटरी पदमा नियुक्त भए।

श्रीलंकाको राजनीतिमा राजपक्षे परिवारको नियन्त्रण यहिँबाट सुरु भयो। उनको अगुवाइमा श्रीलंका सरकारले तमिल विद्रोहीका विरुद्ध युद्ध जित्यो। यो जित विवादित भएपनि उनी चम्किए। सन् २०१५ मा भने विपक्ष दल एकजुट भएपछी राजपक्षे परिवार सत्ताबाहिर पर्‍यो। 
सन् २०१८ मा पुग्दा गोटाबाया आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार पक्का भइसकेका थिएस सन् २०१९ मा भएको निर्वाचनमा उनले राष्ट्रवादी इमेजका साथ चुनाव जिते।

अवस्था नियन्त्रणमा लिन असफल
यो जितपछि राजपक्षे परिवारका सदस्यहरु विस्तारै श्रीलंका सरकारमा प्रवेश गर्न थाले। तर त्यही वर्ष संसार कोरोना महामारीको चपेटमा पर्‍यो। श्रीलंका आर्थिक दबाबमा आउन थाल्यो। चीन र भारतको सहयोगका बाबजुद पनि श्रीलंकाको अवस्था कमजोर हुँदै गयो र सन् २०२१ को अन्त्यसम्म त अवस्था नियन्त्रणबाहिर जान थाल्यो।

देशमा गोटाबायाको मजबुत पकड रहेपनि अन्तर्राष्ट्रिय ऋणले श्रीलंकालाई समस्यामा पार्‍यो। श्रीलंकाले ऋणमा 'डिफल्ट' गर्न सुरु गर्‍यो। जुन यस्तो दुष्चक्र बन्यो,  निस्किन असम्भव देखिन थाल्यो। 

rajapaksh bro1657627899.JPG

गोटाबायालाई लाग्थ्यो-  तमिल टाइगरविरुद्ध प्राप्त जित र राजधानी कोलोम्बोको सौन्दर्यकरणपछि बलाशाली अवस्थामा छु। तर करमा छुट र अर्ग्यानिक खेतीको फैसलाले श्रीलंकालाई समस्याको खाडलमा धकेल्यो। 

यही वर्ष ३१ मार्चमा उनको निजी निवास प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन्। सोही दिन प्रष्ट भइसकेको छ कि अब यो सरकार धेरै दिन चल्नेवाला छैन। तमाम संकेतका बाबजुद पनि 'गोटा गो होम'को नारा उनले नजरअन्दाज गरे। गोटाबायाले आफूले छाड्नुका सट्टा भाइहरुलाई सरकार छाड्न लगाए। महिन्दा, बासिल र रक्षामन्त्री चमलले सरकार छाडे। 

बासिल राजपक्षे
बासिल महिन्दा र गोटाबायाका भाइ हुन्। बासिलले सन् १९७७ को आम चुनावमा आफूलाई प्रतिष्पर्धी बनाए। तर सुरुवातमा उनले हार बेहोर्नुपर्‍यो। सन् २००५ मा महिन्दाले चुनाव जितेर राष्ट्रपति बनेपछि बासिल सांसद मनोनित भए। सन् २०१० मा भने उनले जितेरै सांसद बन्ने धोको पूरा गरे। 

गतसाल फेरि उनी सांसदमा मनोनित भए। तुरुन्तै उनी वित्तमन्त्री बने। तर बढ्दो ऋण र कोरोना संकटका कारण श्रीलंकाकको अर्थव्यवस्था बिग्रिन सुरु भइसकेको थियो।

बासिलसँग अमेरिकाको नागरिकता पनि छ। त्यसैले संविधान नै संशोधन गरेर उनलाई सांसदका साथै वित्तमन्त्री बनाइयो। अवस्था बिग्रिँदै गएपछि उनी संसद्‌बाट टाढिए र उनीमाथि भ्रष्टाचारका आरोपसमेत लागिरहेका छन्।

सन् २०१५ मा उनी भ्रष्टाचार मुद्दामा गिरफ्तारसमेत भएका थिए। यस्तै आरोप गोटाबाया र महिन्दालाई पनि लागेको छ।  तर उनीहरु प्रतिशोध साँधिएको भन्दै उम्किने प्रयासमा थिए। 

चमाल राजपक्षे
राजपक्षे भाइहरुमध्ये अर्का हुन् चमाल। उनले आफ्ना भाइहरुको सरकारमा विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गरिसकेका छन्। सन् १९८९ देखि श्रीलंकाका सांसद रहेका चमाल पहिले बन्दरगाह र उड्डयन मन्त्री थिए।

उनी २०१० देखि २०१५ सम्म सभामुख पनि थिए। चमाल राजपक्षे दाजुभाइमा सबैभन्दा जेठो हसुन्। उनी महिन्दाको मन्त्रिपरिषद्‌मा रक्षामन्त्री थिए। 

नमल राजपक्षे
चार राजपक्षे दाजुभाइका साथै उनको परिवारका अन्य सदस्य पनि श्रीलंकाको राजनीतिमा प्रवेश गरिसकेका छन्। महिन्दा राजपक्षेका छोरा नमल श्रीलंकाका खेलमन्त्री भइसकेका छन्। 

श्रीलंकाका सञ्चारमाध्यमले जनाएअनुसार नमलकी श्रीमती लिमिनी देशमा बढ्दो अस्थिरता र आर्थिक संकटकाबीच आफ्नो सन्तानका साथ पेरिस गइसकेकी छिन्। 

राजपक्षे परिवारको भविष्य के हुन्छ?
राजपक्षे परिवारसँग जोडिएका १८ जना श्रीलंका सरकारका विभिन्न जिम्मेवारीमा थिए। श्रीलंकामा गएको हप्तादेखि फरक दृष्य देखिएको छ। हिंस्रक झडप हुन थालेको छ। धेरै नेताहरु जनताबीच जान डराइरहेका छन्। उनीहरु सेफ हाउसमा लुकेका छन्। 

तमिल टाइगरलाई हराएपछि सिंहलियाका नजरमा महिन्दा कुने युद्धनायक भन्दा कम थिएनन्, उनी अहिले अचानक भिलेन बनेका छन्। सधैं मुश्किल अवस्थामा राजपक्षे परिवार एक-अर्कोको साथमा उभिन्थे, यसपल्ट आपसी मतभेद समेत खुलेर बाहिर आएको छ।

समस्या गोटाबायाले महिन्दासँग राजीनामा मागेपछि सुरु भएको मानिन्छ। श्रीलंकाको राजनीतिमा दबदबा कायम राखेको राजपक्षे परिवार वर्तमान आर्थिक संकटबाट देशलाई मुक्त गर्न असफल भएको कुरामा दुईमत छैन। राजपक्षे परिवारप्रति जनआक्रोश बढिरहेको छ।

आर्थिक संकटमा देश फस्दै गइरहेको छ। लाग्दैछ- श्रीलंकामा राजपक्षे परिवारको दबदबा अब सकिनेवाला छ। तर, राजनीति अनिश्चितताको खेल भएकाले ठोकुवा नै गर्नुचाहिँ जोखिमपूर्ण हुन्छ। 
बीबीसी हिन्दीबाट

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्