काठमाडौं– जसपाको केन्द्रीय समितिको विस्तारित बैठकमा बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्दैछन्। बैठकको बन्द सत्रमा उनले 'पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार' शीर्षकको प्रतिवेदन पेस गर्न लागेका हुन्।
प्रतिवेदनमा भट्टराईले पार्टी एकताको तीन वर्षको समीक्षा गरेका छन्। त्यस्तै, समकालीन विश्व स्थिति र विचारधारात्मक विकासको सन्दर्भ, केही समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा, राजनीतिक शक्तिहरुको विश्लेषण, पार्टी रुपान्तरण/पुनर्गठनको प्रस्ताव, हाम्रा कार्यभारहरु जस्ता शीर्षकमा धारणा राखेका छन्।
प्रतिवेदनमा भट्टराईले पार्टीको पुनर्गठन आवश्यक बन्न पुगेको बताएका छन्। 'हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ', प्रतिवेदनमा भनिएको छ, 'पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो। तसर्थ यो विषयमाथि गम्भीर, सघन र विहंगम विचार, विमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु।'
यस्तो छ प्रतिवेदन:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।