काठमाडौं– विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिवियाविरुद्ध खेलिरहेको नेपालले २२१ रनको लक्ष्य पाएको छ।
टस जितेर ब्याटिङ थालेको नामिबिया ४७.३ ओभरमा २२० रनमा समेटियो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले सबैभन्दा बढी ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ५४ रन दिए।
त्यसैगरी सोमपाल कामीले २ विकेट लिए। उनी पनि महंगो सावित भएका थिए। ७ ओभर बलिङ गरेका उनले ४४ रन दिए। बसिर अहमद, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिन सफल भए।
ओडीआईमा डेब्यु गरेका बसिर अहमदले निकै कसिलो बलिङ गरे। उनले ७.३ ओभर बलिङ गर्दै १८ रन दिएर १ विकेट लिए। नामिबियाको अन्तिम विकेट उनैले लिएका थिए। करणले ५ ओभर बलिङ गर्दै २५ रन दिए। पूरै १० ओभर बलिङ गरेका दीपेन्द्रले ४१ रन दिए।
नामिबियाका लागि जान निकोल लोफ्टी इटोनले सर्वाधिक ६९ रन बनाए। त्यसैगरी डिभान ला कोकले ४१ र कप्तान जेरार्ड इरास्मसले २२ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।