• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

समूहको नाममा जुनियर डीएसपीहरू एसपी बन्ने लाइनमा!

सूचना निकाल्दासमेत रोकिएको बढुवा पुनः खुल्यो
64x64
नारायण अधिकारी आइतबार, असार २६, २०७९  १७:५५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलमा एक वर्ष सिनियर टोलीलाई उछिन्दै एक वर्ष जुनियर डीएसपीहरू एसपी बन्ने भएका छन्। असार २३ गते कानुन र लेखा उपसमूहको बढुवाका लागि भनेर सशस्त्र प्रहरी हेडक्वाटरले सूचना निकालेसँगै सिनियर टोलीलाई उछिन्दै जुनियरहरू बढुवा हुने अवस्था आएको हो।

बढुवाका सम्भावित उम्मेदवारले पाँच दिनभित्र आवेदन दिन माग भन्दै बढुवा समितिका सदस्य सचिवसमेत रहेका डीआईजी विदुर खड्काको हस्ताक्षरमा सूचना निकालिएको छ। 

बढुवाका लागि सूचना प्रकाशित भएसँगै सि सं. ३ का डीएसपीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। सि सं. ३ को (२०६० साउन २९ गते भर्ना भएकाहरू) टोलीलाई उछिनेर सि सं. ४ (२०६१ असार २५ मा भर्ना भएकाहरू) को टोली विभिन्न समूह, उपसमूहको नाममा डीएसपीबाट एसपी हुन लागेको भन्दै सि सं. ३ का टोलीहरूले असन्तुष्ट व्यक्त गरेका हुन्। 

सि सं ३ का टोलीमध्ये ५५ जना अहिले पनि डीएसपी नै छन्। तर उनीहरूभन्दा पछि एक वर्षपछि भर्ना भएकाहरू लेखा र कानुन समूहको नाममा एसपी हुन लागेका छन्। २०६० फागुन १२ गते भर्ना भएका दयाराम शर्मा, २०६१ असार २५ गते भर्ना भएका ध्रुव केसीलगायतहरू भने एक वर्ष सिनियरलाई उछिनेर एसपी बन्न लागेका हुन्। 

शर्माकै जोडबलमा एक वर्ष पहिला नै बढुवाका लागि सूचनासमेत निकालिएको थियो। तत्कालीन गृहसचिव महेश्वर न्यौपाने तथा एमाले नेता महेश बस्नेतका छिमेकीसमेत रहेका शर्मा त्यतिबेला निकै शक्तिशाली थिए। उनकै जोडबलमा बढुवाका लागि सूचना निकालिएको थियो। सूचना निकालिए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि उनीहरूको बढुवा रोकिएको थियो। 

यसअघि पनि सि सं ३ कै टोलीमा भर्ना भएर लेखामा गएका होम ज्ञवाली शक्तिकेन्द्रको लविइङ ६ महिना पहिला नै एसपी भएका थिए। उनी एसपी भएको ६ महिनापछि बल्ल सिं सं. ३ का टोलीका केही अधिकृत एसपी बनेका थिए। 

प्रहरीमा नभएको उपसमूह जब वन्तले सशस्त्रमा घुसाए
कोषराज वन्त प्रहरी महानिरीक्षक हुनुभन्दा अघिसम्म सशस्त्र प्रहरीमा लेखा उपसमूह, कानुन उपसमूह भन्ने थिएन। जब नेपाल प्रहरीको प्राविधिक समूहतर्फ भर्ना भएका व्यक्तिको हातमा सशस्त्रको कमाण्ड कन्ट्रोल पुग्यो, त्यसपछि घुस्यो–लेखा र कानुन उपसमूह।

२०४६ सालमा नेपाल प्रहरीको प्राविधिक समूहतर्फको इन्जिनियरिङमा भर्ना भएका वन्त सशस्त्र प्रहरी बल गठन भएपछि सशस्त्रमा स्थानान्तरण भएका थिए। उनै वन्तले २०६८ देखि २०७२ सालसम्म सशस्त्रको नेतृत्व सम्हाले। त्यही बेला वन्तले सशस्त्रमा लेखा र कानुन उपसमूह घुसाएका थिए। उनै वन्तले घुमाएको यो उपसमूहका कारण सशस्त्रमा चरम असन्तुष्टि छाउँदै आएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

वन्तले कानुन, लेखा उपसमूह खडा गरेर साधारण समूह अर्थात् इन्फिेन्टीमा भर्ना भएका आफू निकटका व्यक्तिहरूलाई उपसमूहमा स्थानान्तरण गराएका थिए। उनीहरू नै अहिले उपसमूहको नाममा आफूभन्दा एक वर्ष सिनियरलाई उछिनेर एसपी हुने लाइनमा लागेका छन्।

जबकी नेपाल प्रहरीमा पनि लेखा तथा कानुनको छुट्टै शाखा छ। तर, त्यसका लागि भनेर छुट्टै समूह खडा खगरिएको छैन। साधारण समूहतर्फका प्रहरी अधिकारीले नै ती शाखामा रहेर काम गर्दै आएका छन्। तर आर्थिक कमाउका हिसाबले आकर्षक मानिने लेखामा बसेर आर्थिक आर्जन पनि गर्ने र पछि बढुवा हुनेबेलामासमेत आफूभन्दा सिनियरलाई पछि पार्दै बढुवा हुन थालेपछि सशस्त्रमा चरम असन्तुष्टि छ। प्रहरीमासमेत छुट्टै समूह तथा उपसमूह नभएको लेखा तथा कानुन उपसमूह खारेज हुनुपर्ने भन्दै पटक–पटक कुरो समेत उठ्ने गरेको छ । 

सूचना निकाल्दा समेत रोकिएको बढुवा पुनः खुल्यो

शैलेन्द्र खनाल आईजी भएको बेला एक वर्षअघि २०७८ साल असार २३ गते हालका आईजी राजु अर्यालकै हस्ताक्षरमा लेखा उपसमूहका अधिकृतहरूलाई बढुवा गर्नका लागि सूचना निकालिएको थियो। त्यतिबेला अर्याल मानव स्रोत तथा प्रशासन विभागमा कार्यरत थिए। 

पाँच दिनको म्याद राखेर बढुवाका सम्भावित उम्मेदवारहरूलाई आवेदन दिन भन्दै सूचना निकालिएको थियो। बढुवाका सम्भाव्य उम्मेदवारमध्ये दयाराम शर्मा २०६० साल फागुन १२ गते भर्ना भएका अधिकृत थिए। बाँकी भने २०६१ असार २५ गते भर्ना भएकाहरू थिए। 

तर उनीहरू भन्दा एक वर्ष पहिला २०६० साउन २९ मा प्रहरी निरीक्षकमा भर्ना भएका (सि सं. ३ का ब्याची)हरूलाई समेत उछिनेर लेखा समूहको नाममा एसपी हुन लागेको भन्दै चौतर्फी विरोध भयो। समूहको नाममा जुनियर एसपी हुँदा एक वर्ष सिनियर डीएसपी नै हुने अवस्था आएको भन्दै त्यतिबेला सि सं ३ का ब्याचीहरू बढुवा नहुँदासम्म लेखा तथा कानुन समूहका एक वर्ष जुयिनर सि सं ४ का अधिकृतहरूलाई बढुवा नगर्ने भन्दै सशस्त्र हेडक्वाटरले बढुवा नै गरेन। 

बढुवाका लागि भनेर आवेदन माग गर्दै निकालिएको सूचनाको समेत बेवास्ता गर्दै तत्कालीन आईजी खनालले सि सं. ३ को टोलीलाई अन्याय हुनेभन्दै बढुवा रोकेका थिए। तर, अहिले फेरि बढुवाका लागि भन्दै सूचना निकालेपछि सिं सं. ३ का डीएसपीहरूमा चरम असन्तुष्टि छाएको छ। 

एक वर्ष जुुनियरलाई सलाम हान्नुपर्ने अवस्था आएको भन्दै सि सं. ३ का डीएसपीहरूले निराशा पोख्न थालेका छन्। ‘भन्नलाई जे भने पनि फुली लगाएपछि मान्नैपर्छ। भोलि कहिँ भेट हुँदा सलाम हान्नैपर्छ। पहिला मभन्दा जुनियर हो भनेर पन्छिन मिल्दैन। यसले संगठनमा चरम निराश आउँछ। एक वर्ष जुनियरलाई जय नेपाल गरेर बस्नुजति नालायक काम फोर्समा के हुन्छ?’ सिं सं ३ का एक डीएसपीले नेपाल लाइभसँग भने। 

तर यसबारेमा जिज्ञासा राख्दा आईजी सचिवालयले पद नै रिक्त भएकाले बढुवा गर्नु परेको बतायो। ‘पद नै रिक्त भएपछि बढुवा गर्नुपर्ने बाध्यता भएर सूचना निकालिएको हो। नत्र भने सिनियर बाँकी हुँदाहुँदै जुनियरको बढुवा गर्ने भन्ने हुँदैन।’

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विदुर खड्काले भने समूह नै छुट्टै भएपछि केही असर नपर्ने बताए। उनले भने, ‘सि सं ३ तथा ४ भन्दा पनि यो समूह नै छुट्टै हो। समूह नै छुट्टै भएपछि बढुवा गर्दा केही असर पर्दैन। उहाँहरूको पनि वृद्धिविकासको कुरा जोडिएर आएको हुन्छ। त्यसलाई पनि ध्यान दिनुपर्छ। अर्कोतर्फ पद खाली हुँदा समेत बढुवा नगर्ने भन्ने कुरा पनि भएन।’

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्