• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के ज्ञानेन्द्रको 'वैशाख ११' को सम्बोधनको ड्राफ्ट ओलीले लेखेका हुन्?

64x64
किशोर दहाल शुक्रबार, असार २४, २०७९  १७:०१
1140x725

काठमाडौं- २०५९ जेठ ८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। पार्टीभित्र आफूलाई अप्ठ्यारो परेपछि 'प्रजातन्त्रलाई दरबारमा बुझाएका' प्रधानमन्त्री देउवा त्यसैवर्ष असोज १८ मा राजा ज्ञानेन्द्रद्वारा पदमुक्त भएका थिए। मुख्य दलहरुले त्यसलाई प्रतिगमन भनेका थिए। त्यसपछि राजाले शासन सत्तामा आफ्नो हस्तक्षेप बढाउँदै गएका थिए। र माघ १९ पछि सम्पूर्ण शासनभार आफूले सम्हालेका थिए।

मुख्य दल नेपाली कांग्रेसले २०५९ देखि नै आफूलाई आन्दोलनमा केन्द्रित गरेको थियो। देउवाको पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक र एमालेले भने २०६१ जेठमा सत्तामा साझेदार गरेका थिए। आफूलाई पदमुक्त गरेका राजाले आफैंलाई प्रधानमन्त्री नियुक्त गर्नु देउवाका लागि खुसीको कुरा थियो। एमालेले भने 'प्रतिगमन आधा सच्चिएको' बहाना बनाएको थियो। तर, ८ महिनामै यो सरकारमाथि ज्ञानेन्द्रले 'कु' गरेका थिए। र टेलिफोन काट्नेदेखि मिडिया हाउसमा सेना पठाउने जस्ता कदम चालेर निरंकुश शासन चलाएका थिए।

संसद्‌वादी सबै दललाई राजाले सडकमा हुत्याएपछि उनीहरुसँग एउटै विकल्प बाँकी रह्यो, आफूहरु मिल्नु र राजाका विरुद्ध संघर्ष गर्नु। त्यसका लागि जनयुद्धरत माओवादी पनि साथ लिइयो भने संघर्ष थप सशक्त हुनसक्थ्यो। त्यही विश्लेषणका साथ २०६२ मंसिरमा १२ बुँदे सहमति भयो। र त्यसैको जगमा २०६२ चैत २४ देखि जनआन्दोलन सुरु भयो।

माओवादी जनयुद्ध र जनआन्दोलनको प्रवाह ज्ञानेन्द्रले थेग्न सक्ने स्थिति थिएन। त्यसैले २०६३ वैशाख ११ मा उनी झुके। जनता विजयी भए। त्यस दिन राति ११ बजे उनले एउटा घोषणा मार्फत विघटित प्रतिनिधि सभा पुनःस्थापना भएको घोषणा गरेका थिए।

वैशाख ११ गते ज्ञानेन्द्रले पढेको वक्तव्य दलहरुले तयार गरेको र त्यसमा उनले दुइटा वाक्य मात्रै थपेको विषय यसबारे जानकार सबै नेताहरुले बताउँदै आएका छन्। ज्ञानेन्द्र सम्बोधनको सुरुमा 'प्यारा देशबासीहरु' र अन्तिममा 'श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन्' भन्ने वाक्य मात्रै थपेका थिए।

यी त भए, सार्वजनिक जानकारीमा रहेको र सबैले देखे भोगको विषय। मुख्य विषय, वैशाख ११ मा राजा ज्ञानेन्द्रले पढेको सम्बोधनको मस्यौदा कसले तयार गरेको हो? यस विषयमा फरकफरक समयमा फरकफरक व्यक्तिले फरकफरक दाबी गर्दै आएका छन्। शुक्रबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यो दाबीलाई आफूतिर फर्काएका छन्।

छविलाल कार्कीको १२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले भने- '२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले पार्टी(सर्वदलीय)ले गरेको ड्राफ्ट पढेर सुनाएका थिए। त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो। पार्टी अफिसको अगाडि चौरमा रुद्राक्षको विरुवा छ। रुद्राक्षको फेदको चउरमा बसेर मैले ड्राफ्ट गरेको थिएँ। त्यो ड्राफ्ट ज्ञानेन्द्रले पढेका थिए।'

ओलीको दाबीको सिधा अर्थ निस्किन्छ- वैशाख ११ को सम्बोधनको ड्राफ्ट उनले तयार गरेर पठाइदिए, ज्ञानेन्द्रले पढेर सुनाए र प्रतिनिधि सभा पुनःस्थापना भयो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, ओलीले त्यति ठूलो भूमिका खेले होलान् भन्नेमा प्रशस्तै शंका उब्जिन्छ। किनभने, त्यो राजाविरुद्धको संघर्षमा उनी पार्टी लाइन विरुद्ध अभिव्यक्ति दिने मात्रै होइन, गिज्याउने भूमिका निर्वाह गर्थे भनेर उनकै सहयात्रीदेखि त्यतिबेलाको संघर्षमा सक्रिय सहभागीहरुले अहिले पनि यदाकदा भन्ने गरेका छन्।

अर्कोतिर, त्यतिबेला उनकै पार्टी प्रमुख(तत्कालीन महासचिव)माधवकुमार नेपालले केही वर्षअघि यस्तै कार्यक्रममा त्यो सम्बोधनको मस्यौदाकार भरतमोहन अधिकारी भएको बताएका थिए। २०७६ असोज ११ गते 'भरतमोहन अधिकारी व्यक्ति एक, व्यक्तित्व अनेक' नामक भेटघाट कार्यक्रममा उनले भनेका थिए- ‘कांग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं। दरबारको पनि छुट्टै थियो। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो।'

वैशाख ११ सम्म आइपुग्दा जनआन्दोलन उत्कर्षमा पुगिसकेको थियो। आन्दोलनकारी दलहरुले वैशाख १२ गते काठमाडौंको चक्रपथ घेर्ने कार्यसूची राखेका थिए। राजदरबार नै कब्जामा लिने र समानान्तर सरकार बनाउने जस्ता चर्चा पनि चलिहरेकै थिए। त्यसैले दमनबाट जनआन्दोलनलाई थेग्न नसक्ने निष्कर्षमा पुगेका राजाले दलहरुसँग सम्झौता गर्ने ‍निष्कर्षमा पुगेका थिए।

वैशाख ८ मा राजाबाट भएको घोषणालाई मानेर अघि बढ्न दलहरुलाई विभिन्न देशका राजदूतले दबाब नदिएका होइनन्, तर दलहरु जनताको आवेगका अगाडि राजासँग झुक्ने स्थिति थिएन। उनीहरु जनताकै साथले बलियो भएका थिए। राजा दबाबमा पर्नुको कारण त्यो पनि थियो।

राजा र दलबीच सेतुको भूमिका निर्वाह गरिरहेका थिए, राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जन। उनैले विभिन्न राजनीतिक दलका नेताहरुसँग सम्पर्क गरिरहेका थिए। र राजाले गर्ने भनिएको सम्बोधनको एउटा ड्राफ्ट उनैले बोकेका थिए।

माधव नेपालले वैशाख ११ को सम्बोधनको ड्राफ्ट गरेको भनेर जसरी भरतमोहन अधिकारीलाई जस दिएका छन्, उनै अधिकारीको पुस्तक 'संसददेखि संविधानसभासम्म'मा सो सम्बोधनको मस्यौदा तयार पार्दाका केही सन्दर्भहरु उल्लेख भए छन्।

अधिकारीका अनुसार, वैशाख ११ गते राति माधव नेपाल उनको डेरामा बस्न आएका थिए। त्यहीँ महर्जनको फोन आउँछ। महर्जनले गिरिजाप्रसाद कोइरालालाई त्यसअघि नै फोन गरिसकेका हुन्छन्। कोइरालाकोमा नै भेट्ने कुरा हुन्छ। नेता नेपाल र अधिकारीले पार्टीका अर्का नेता अमृत बोहरालाई समेत लिएर राति १० बजेतिर गिरिजा निवास महाराजगञ्ज पुग्छन्। कोइरालासँग नोना कोइरालाई, दिलेन्द्र बडु र महेश आचार्य पनि हुन्छन्।

त्यहाँ महर्जनले गिरिजाप्रसादको अनुमति लिएर एउटा ड्राफ्ट प्रस्तुत गर्छन्। ड्राफ्ट एक कपी मात्रै भएकाले सबैले पालैपालो पढ्छन्। महेश आचार्यले गिरिजाप्रसादसँग अनुमति लिएर ड्राफ्टका केही कमजोरी औंल्याउँछन्। त्यसपछि अधिकारीले पनि ड्राफ्टमा थप्नुपर्ने केही कुरा राख्छन्।

उनका अनुसार ड्राफ्टमा भएको ‘प्रतिनिधिसभा पुनर्स्थापना गरिबक्सेका छौं’ भन्नेसम्मको हरफ ठीक भएको र त्यसभन्दा तलका कुरा मिलाउनुपर्ने कुरा उनले राखेका थिए।

खासमा अधिकारीले प्रतिनिधिसभाको बैठक कहिले बस्ने भन्ने सुनिश्चितता खोजेका थिए। महर्जनको ड्राफ्ट अनुसार अघि बढ्दा प्रतिनिधिसभाको बैठक बस्ने दिन लम्ब्याउन सकिने शंका गर्न सकिने अवस्था रहेको भन्दै दिन, समय र स्थान किटान हुनुपर्ने कुरा राखेको अधिकारीको पुस्तकमा उल्लेख छ।

ड्राफ्टमा परिमार्जन गर्दै अधिकारीले आफ्नो सुझाव दिएका थिए- प्रतिनिधिसभाको बैठक २०६३ साल वैशाख १५ गते दिनको चार बजे सिंहदरबारको फलानो भवनमा आह्वान गरिबक्सेका छौं।

उनको कुरालाई गिरिजाप्रसादले पनि ठीक भन्छन्। माधव नेपालले पनि त्यसै गरौं भन्ने आग्रह गर्छन्। महर्जन सहमत हुन्छन्।

‘गिरिजाबाबुको निवासमा पशुपतिजीसँगको कुराकानी सकेपछि हामी आफ्नो डेरा फर्कियौं। डेरा आउँदा टेलिभिजनमा राजाको घोषणा आइरहेको थियो। हामीले लेखेकै कुरा राजा बोलिरहेका थिए’, अधिकारीको पुस्तकमा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला बिहीबार, भदौ १८, २०८३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? बिहीबार, भदौ १८, २०८३
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी बिहीबार, भदौ १८, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्