• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

चराले सफा गर्ने निस्कोट बराह ताल

64x64
रासस शुक्रबार, असार २४, २०७९  १३:४७
1140x725

गलेश्वर– गाउँको शिरानमा जंगल। जंगलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल। प्राकृतिक रुपमा बनेको यो तालको भूबनोट नै अचम्मैको छ। यहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल। गाउँको शिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन। यहाँ जंगलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन्।

यो तालको नाम बराहताल हो। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ नम्बर वडामा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो कोही पनि यो ताल देख्दा छक्के पर्ने गर्दछन्। ताललाई एकोहोरिएर हेरिरहँदा आफैंलाई बिर्सन पुग्छन् पर्यटक। निस्कोट गाउँमा पुगेपछि घना वनजंगलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ। 

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकलाई पर्खिरहेको छ। पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराहतालमा थोरै पर्यटक पुग्छन्।

भौगोलिक रुपमा विकट र प्रचारप्रसारको अभावमा थोरै पर्यटक पुगे पनि यहाँ पुग्ने पर्यटक मज्जाले रमाउने गर्दछन्। झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन्। 

समुद्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन्। बराहताल क्षेत्रबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ। बराहतालमा वन जंगल र हिमाल देखिने प्रतिविम्ब ९छाया० समेत आकर्षकरुपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ। निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन्।

निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ। वन जंगलको बीच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिङ्गर हुँदैनन्। पातपतिङ्गर परेमा चराले सफा गर्छन्। 

बराहतालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन्। छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ। निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ। 

मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतहरु सुन्न पाइन्छ। बराहताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ। 

बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन्। बराहतालको पर्यटन प्रवद्र्धन गर्नका लागि वडा र पालिकामार्फत आवश्यक पहल गरिने निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए। प्रशस्तै पर्यटकीय सम्भावना रहेको भए पनि यस तालको बारेमा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको वडाध्यक्ष पुनको भनाइ छ।
–––

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक विवरणअन... बुधबार, भदौ १७, २०८३
रसुवाबाट ११७ विदेशी पर्यटकको उद्धार बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ, ९ जना दक्षिण कोरियाली, २ जना अमेरिकी र २ जना इटालियन नागरिक छन्। उद... शुक्रबार, भदौ १२, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड स... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला बिहीबार, भदौ १८, २०८३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? बिहीबार, भदौ १८, २०८३
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी बिहीबार, भदौ १८, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्