• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भोकमरीबाट बच्न वैकल्पिक खेती

64x64
रासस शुक्रबार, असार २४, २०७९  १३:१३
1140x725

काठमाडौं– रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ। दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्यांक छ। सो जनंख्या विश्वको जनसंख्याको तुलनामा झन्डै ११ प्रतिशत हुन आउँछ। वल्र्डओमिटरका अनुसार हाल विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोड ९१ लाख २४ हजार रहेको छ।   

विश्वका ८२ देशका ३४ करोड ५० लाख जनता खाद्यान्न संकटमा परेको विश्व खाद्य संगठनले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ । पछिल्लोपटक विभिन्न प्रकारका द्वन्द्व, कोभिड र अस्वभाविक वातावरण प्रभावले खाद्यान्न उत्पादनमा संकट उत्पन्न भएकाले भोकबाट भौतारिनुपर्ने जनताको आकार फराकिलो बन्दै गएको हो। 

संयुक्त राष्ट्र संघले सचेत गराउँदै भनेको छ, ‘कुनै बेला खाद्यान्न सङ्कट उत्पन्न हुनसक्छ, त्यसबेला खाद्यान्न सञ्चित भएका राष्ट्रले खाद्यान्न निर्यात रोकेको खण्डमा त्यसले निम्त्याउने परिणाम भयावह हुनसक्छ।’

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा विश्वबाट भोकलाई शून्यमा झार्ने नीति अगाडि ल्याएको छ। यो समयसम्म आइपुग्दा विश्वका झन्डै ८० भन्दा धेरै देशले सन् २०२२ सम्ममा झन्डै २२ दशमलव दुई विलियन डलर अर्थात् २८ खर्ब १९ अर्ब ९१ करोड ९४ लाख ८० हजार भोक उन्मूलनका लागि खाद्यान्न उत्पादनमार्फत खर्च गरिसक्ने लक्ष्य लिएका छन्। 

पछिल्लोपटक नेपालको खाद्यान्न आयात चुलिँदै गएको विभिन्न तथ्यांकले पुष्टि गरेको छ। भन्सार विभागको तथ्यांकमा नेपालले खाद्यान्न, तरकारी, माछा मासु÷दुग्ध तथा दुग्धजन्य पदार्थ विश्वका झन्डै १८ भन्दा बढी देशबाट आयात गर्ने गर्छ। त्यसको हिसाब वार्षिक करिब दुई खर्बभन्दा बढी रहेको उल्लेख छ। 

एकातिर नेपालले उत्पादन बढाउन विभिन्न कार्यक्रम लागू गरे पनि उत्पादन बढाउन सकेको छैन। विशेष गरी पढेलेखेका युवाको कृषिमा आर्कषण देखिँदैन। पढेपछि काम होइन, जागीर खोज्ने परम्परा छ। जागीर नपाएपछि रोजगारका लागि विदेश जाने चलन छ। त्यसैले नेपालको कृषि अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको तथ्यांकले पुष्टि गर्दै आएको छ। 

खेतीपाती गरी खाने युवा विदेश गएकै कारण खेतीयोग्य जमिन बाँझो हुँदै गएको विज्ञले बताउँदै आएका छन्। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार झन्डै ५० लाख नेपाली कामका खोजीमा विश्वका ८४ भन्दा धेरै देशमा छरिएका छन्। सो संख्या नेपालको जनसंख्याको झन्डै १७ प्रतिशत हुन आउँछ। नेपालको जनसंख्या झन्डै तीन करोड पुगेको छ । 

विश्व खाद्य संगठनले खाद्यान्न भनेपछि धान, मकै, गहुँ, फापर र कोदो मात्र बुझ्ने परम्परालाई त्याग्दै कार्बोहाइड्रेट प्राप्त हुने आलु, पिँडालु, सखरखण्ड, तरुल तथा इस्कुसलगायतका उत्पादन बढाउने र खाना खाने बानीमासमेत परिवर्तन नल्याउने हो भने विश्वमा भोकमरीको अवस्था डरलाग्दो हुने चेतावनी दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संयुक्त राष्ट्रसंघले भनेको छ, ‘विश्वमा देखिएको वातावरण परिवर्तनले निम्त्याउने खतरालाई बेलैमा समय अनुकूलका खाद्य वस्तु उत्पादनमा जोड दिनुपर्छ।’

नेपालको संविधानले पनि खाद्य सम्प्रभुताको सुनिश्चितता गरेको छ। त्यसैले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन–२०७५ लागू भएको छ। ऐनको परिच्छेद–२ को दफा (३) ले प्रत्येक नागकिलाई खाद्यसम्बन्धी अधिकार तथा खाद्य सुरक्षाको अधिकार सुनिश्चितता गरेको छ तर, कार्यान्वयन पक्ष फितलो देखिएको छ। 

ऐनको दफा–१७ ले कृषियोग्य भूमिको दिगो व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ तर, स्थानीय तहका खेतीयोग्य जमिन धमाधम मासिँदै जान थालेका छन्। घर निर्माण गर्ने बहानामा जमिनको खण्डीकरण हुनु र खेतीयोग्य जमिनमा धमाधम निर्माणसम्बन्धी अन्य कार्य गर्न अनुमति दिनुले समेत खाद्य सम्प्रभुताको सुनिश्चितता लेखोटमा मात्र सीमित हुने त होइन भन्ने चिन्ताले कानुन व्यवसायीलाई समेत झस्काएको छ। 

सोही ऐनको दफा १७ को उपदफा (२) (क) मा स्थानीय निकायलाई कृषियोग्य भूमिको लागत तयार गर्ने, उपदफा (ख) बाँझो जमिन तथा अन्य जग्गाको पहिचान गर्ने (ग) भूमिको अभिलेख राख्ने (घ) भूमिसम्बन्धी अभिलेख अद्यावधिक गर्ने (ङ) बाँझो भूमिको प्रभावकारी व्यवस्थापन गर्न अन्य काम गर्ने वा गराउने भनिएको छ तर, कार्यान्वयन भने चुस्त दुरुस्त देखिँदैन। बरु उल्टै सम्म परेको खेतीयोग्य जमिनमा बाटो लैजाने र धमाधम प्लटिङ गरेर बिक्री वितरण गरिहाल्ने कार्य भने रोकिएको देखिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय जनसंख्या वृद्धिलाई धान्न सक्ने गरी उत्पादन हुन सकेको छैन। विगत १० वर्षदेखि उत्पादनमा गिरावट आएको छ। यसको ज्वलन्त उदाहरण धान उत्पादनलाई लिन सकिन्छ। नेपालको प्रमुख खाद्यान्न बाली धान हो। हालको जनसंख्यालाई धान्न झन्डै ६५ लाख मेट्रिक टन धानको आवश्यकता पर्छ तर, उत्पादन ५५ लाख मेट्रिक टनभन्दा माथि उकालो लाग्न सकेको छैन। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशन गरेको तथ्यांकमा खेतीयोग्य जमिन मासिँदै गएको तथ्य छ। दश वर्षअघि झन्डै १६ लाख हेक्टर जमिनमा धानखेती हुन्थ्यो भने अहिले घटेर १४ लाख हेक्टरमा सीमित हुन पुगेको छ। सो तथ्यांकले–एकातिर धान हुने खेत मासिँदै जानु र अर्कातर्फ उत्पादनमा समेत गिरावट आउनुले विश्व खाद्य संगठनले भनेजस्तै नेपालले पनि वैकल्पिक खेती लाउने परम्पराको थालनी गर्नु अत्यावश्यक भइसकेको देखिन्छ।     

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्