रुकुमपूर्व– प्रहरीले रुकुमपूर्वबाट १० थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिएको हो।
कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण खत्रीले विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।