• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवादै विवादमा बित्यो अर्थमन्त्री शर्माका एक वर्ष

सुमित्रा कार्की बुधबार, असार २२, २०७९  १७:१६
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा २०७८ असार ३० गते अर्थमन्त्री नियुक्त भएका थिए। बजेटका सूचनाहरू चुहाएको आरोप लागेका शर्माले आज (असार २२ गते) को प्रतिनिधि सभा बैठकमा राजीनामाको घोषणा गरेका छन्। यो एक वर्षको अवधिमा उनी विवादै विवादमा फसेका छन्। 

शर्मा पछिल्लोपटक अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको र उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाएको आरोप खेपिरहेका छन्। उपभोक्ता हित संरक्षण मंचले अर्थ मन्त्रालयसँग त्यस दिनको सीसीटीभी फुटेज माग गरेको थियो। तर, मन्त्रालयले फुटेज १३ दिनमा आफैं मेटिने जवाफ दिएपछि शर्मा थप विवादित बनेका हुन्।

त्यसपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले मात्र नभइ सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकै नेताहरूले पनि उनको राजीनामा माग गरेका थिए। प्रतिनिधि सभामा एमालेको लगातार विरोधपछि सभामुख अग्नि सापकोटाले संसदीय छानबिन समिति बनाएका छन्। 

मन्त्री शर्माले एक वर्षमा श्रृंखलाबद्ध रुपमा विवादित काम गरेपछि सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसका कतिपय नेताले यसअघि नै उनको राजीनामा माग्न थालेका थिए। पछिल्लो पटक बजेटको सूचना चुहाएको विवादमा परेपछि कांग्रेस उपसभापति धनराज गुरुङलगायत नेताले अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाएका थिए।

करको दर परिवर्तनमा अनधिकृत व्यक्तिलाई अधिकार दिएको र सीसीटीभी फुटेज हटाएको पछिल्लो विवादले उनलाई सत्ताबाट बाहिर पुर्‍यायो। तर, पछिल्लो एक वर्ष उनको कामले विवादको श्रृंखलाले नै चल्यो।

अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिर्वतन
अर्थमन्त्री शर्माले बजेट सार्वजनिक गर्ने अघिल्लो दिन जेठ १४ गते मध्यरातमा अर्थ मन्त्रालयभित्र अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिर्वतन गरेको आरोप लागेको छ। करको दर हेरफेरका लागि पूर्वनासु रघुनाथ घिमिरेलगायतका दुई व्यक्ति मध्यरात मन्त्रालय पुगेको समाचार बाहिरिएपछि शर्मा पछिल्लो विवादमा तानिएका छन्।

उनी बजेटको सूचना चुहाएको विवादमा पनि तानिएका छन्। बजेटमा संवेदनशील मानिने करका दर तोकिने छलफलमा अनधिकृत व्यक्ति प्रवेश गराई व्यावसायिक घरानालाई सूचना चुहाएको आरोप उनीमाथि लागेको छ। 

उक्त आरोपलाई अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्रले पनि गम्भीर रुपमा लिएको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार १९ गते साँझ नै अर्थमन्त्री शर्मालाई आफ्नो निवासमा बोलाएर विवादित भएर बस्नभन्दा राजीनामा दिन भनेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, अर्थ मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गरी शर्माको बचाउ गरेको थियो। बजेट प्रस्तुत हुने अघिल्लो दिन अनधिकृत व्यक्तिलाई प्रवेश नगराइएको मन्त्रालयले दाबी गरेको थियो।

मेटियो सीसीटीभी फुटेज
शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको आरोप लागेपछि उपभोक्ता हित संरक्षण मंचले उक्त दिनको सीसीटीभी फुटेज अर्थ मन्त्रालयसँग मागेको थियो। तर, मन्त्रालयले फुटेज १३ दिनमा आफैं मेटिने जवाफ दिएको छ। तर, सीसीटीभीसम्बन्धी कार्यविधिमा भने त्यस्ता फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने उल्लेख छ।

मोटरसाइकल आयातमा भन्सार महसुल बढाइयो
आम उपभोक्ताले बढी प्रयोग गर्ने १२५ देखि १५५ सीसीका मोटरसाइकलमा ४० प्रतिशत लाग्दै आएको अन्तःशुल्क प्रतिस्थापन विधेयकमार्फत ५० प्रतिशत पुर्‍याइएको छ। त्यस्तै सडक दस्तुर ३ हजार रुपैयाँ थप गरी १८ हजार पु¥याइएको छ। २०० देखि २५० सीसी क्षमताका मोटरसाइकलमा ५० प्रतिशतका दरले लाग्दै आएको अन्तःशुल्क पनि बढाएर ६० प्रतिशत पुर्‍याइएको छ। निश्चित व्यापारीको लाभका लागि यस्तो नीतिगत परिवर्तन गरिएको उनीमाथि आरोप लाग्ने गरेको छ।

विद्युतीय सवारीमा कर थप
अर्थमन्त्री शर्माले ल्याएको बजेटले १०० सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा अन्तःशुल्क लगाइदियो र यसअघि लाग्दै आएको भन्सार दर पनि बढाइदियो। जसअनुसार १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीलाई ३० प्रतिशत, २०० देखि ३०० किलोवाटसम्मलाई ४५ प्रतिशत अन्तशुल्क लगाइएको छ। ३०० किलोवाटभन्दा बढी क्षमताका सवारीलाई भने ६० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

भन्सारतर्फ १ सयदेखि २ सय किलोवाटसम्मका सवारीमा १५ प्रतिशतबाट बढाएर ३०, २०० देखि ३०० किलोवाटसम्मका साधनमा ३० बाट बढाएर ४५ र ३०० किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा ४० बाट बढाएर ६० प्रतिशत पुर्‍याइएको छ। यस्तो व्यवस्थाले एउटा व्यापारिक घरानालाई फाइदा पुर्‍याएको र मिलेमतोमा यसो गरिएको उनीमाथि आरोप लाग्ने गरेको छ।

शंकास्पद रुपमा आएको रकम छुटाउन निर्देशन
अर्थमन्त्री शर्माले केही समयअघि अमेरिकाबाट शंकास्पद रूपमा आएको रकम फुकुवा गरिदिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका थिए। अछामको बान्नीगढी जयगढ गाउँपालिका घर भएका पृथ्वीबहादुर शाह र उनका परिवारका नाममा अमेरिकाबाट करिब ४० करोड रुपैयाँ आएको थियो। अमेरिकाको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले उक्त रकम जफत गरेर फिर्ता गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। 

त्यसपछि राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान अघि बढाएको थियो। यो विषयलाई सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको थियो। शर्माले अनुसन्धान गरिरहेका निकायलाई प्रभावित गर्ने गरी रकम फुक्का गरिदिन राष्ट्र बैंकलाई लिखित निर्देशन नै दिएका थिए। उनले सम्पत्ति शुद्धीकरण विभागले सफाइ दिइसकेकाले रकम नरोक्न भनेका थिए। तर, उनको कदमको व्यापाक आलोचना भएको थियो।

एलसी बन्द गर्ने निर्णयअघि नै चुहियो सूचना
अर्थमन्त्री शर्मामाथि देशमा देखिएको अर्थतन्त्रको संकट सुधार गर्न भूमिका खेल्न नसकेको आरोप लागेको छ। बरु, विदेशी मुद्राको संचिति जोगाउन प्रतीतपत्र (एलसी) खोल्न कडाइ गर्ने निर्णय चुहाएको आरोप पनि उनीमाथि छ। विदेशी मुद्रा संचिति घट्न नदिन र आयात हुने वस्तुमा कडाइ गर्न नेपाल राष्ट्र बैंकले नै एलसी रोक्ने निर्णय गरेको थियो।

विलासी वस्तुको आयातको एलसी खोल्न रोक्ने निर्णय हुनुअघि एक कम्पनीले ठूलो संख्यामा विलासी गाडी आयातका लागि एलसी खोलेको थियो। एलसी रोकिनुभन्दा चार दिनअघि मात्र उक्त कम्पनीले एकैपटक ७० करोड रुपैयाँभन्दा बढीका गाडी आयातको अनुमति पाएको खुलेको थियो। 

यसैगरी, विदेशी विनिमय सञ्चिति घट्दै गएकाले निजी गाडी र अन्य विलासिताका वस्तुहरुको आयातमा रोक लगाएको सरकारले नेपालमा आवश्यक नहुने सुपारी, छोकडा र मरिचजस्ता वस्तुको आयात खोल्नुमा ‘गलत नियत’ देखिएको आरोप पनि लागेको थियो।

गभर्नर निलम्बन प्रकरण
अर्थमन्त्री शर्माले गत चैत २४ गतेको मन्त्रिपरिषद् बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने गरी छानबिन समिति बनाउने प्रस्ताव लगेका थिए। मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाएपछि गभर्नर अधिकारी निलम्बनमा परेको विषय चैत २५ मा मात्र सार्वजनिक भएको थियो। 

यो विवाद सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्चले वैशाख ६ गते अन्तरिम आदेश जारी गरेर गभर्नर अधिकारीलाई पदमा फर्किने बाटो खोलिदिएको थियो। उक्त मुद्दा अहिले पनि विचाराधीन छ। तर, गभर्नरमाथि छानबिन गर्न बनेको समिति पनि आदेशसँग निस्क्रिय भएको छ। यो फैसला पछि अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको थियो।

तरलता व्यवस्थापन गर्न ‘असफल’ 
अर्थमन्त्री शर्माले अहिले नेपालमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न कुनै पनि चासो नदेखाएको कतिपय अर्थविद्हरूको भनाइ छ। एक विज्ञ भन्छन्, ‘बैंकले कहाँ, कुन क्षेत्रमा कति लगानी गरेको छ भनेर नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले त्यसको तथ्यांक राख्नु पर्ने हो। तर, मन्त्रालयले कुन क्षेत्रमा कति बजेट गएको छ भनेर कहिल्यै अनुसन्धान गरेको देखिएन।’

अहिलेको अर्थतन्त्रमा देखिएको समस्या के हो भन्ने विषय अर्थमन्त्री जानकार नभएको उनको भनाइ छ। अर्थमन्त्री आफू जोगिने बाटोमा मात्र लागेको र कर्मचारीलाई हप्काइदप्काइ गर्ने गरेको उनी बताउँछन्। ‘उहाँले आफ्नो काममा रोकावट गर्ने व्यक्तिलाई पनि बाटोबाट हटाउन पछि पर्नु भएको छैन। अर्थ मन्त्रालय लथालिंग त छ नै, तरलता व्यवस्थापन नहुँदा देश नै संकटतर्फ गएको छ,’ उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपाको सचिवालय बैठक जारी
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ?
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो
सम्बन्धित सामग्री
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्