काठमाडौं–बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ११ सदस्यीय समिति बनाउने टुंगो लागेको भए पनि नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन। एमालेले आफ्नो दाबी पेस गरेको छ।
११ सदस्यीय समितिमा एमालेबाट ४, कांग्रेसबाट २, माओवादी केन्द्रबाट २, एकीकृत समाजवादीबाट १, जसपाबाट १ र लोसपाबाट १ जना रहने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।