काठमाडौं– नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने अडान राखेको छ। उनीमाथि छानबिनका लागि संसदीय समिति बनाउने भन्ने विषयमा दलहरु सहमत भएका छन्।
सत्तारुढ दुई प्रमुख दल कांग्रेस र एमालेले समिति गठन गर्नुअघि अर्थमन्त्री शर्माले संसद्बाट जवाफ दिन पाउनुपर्ने मत राखेका छन्। तर एमालेले अस्वीकार गरेको छ।
सर्वदलीय बैठकमा छानबिन समितिमा रहने सदस्यको लागि दलहरुसँग नाम माग गरिएको छ। आफूहरु नाम दिन तयार रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। तर, अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।