काठमाडौं– बजेट निर्माण प्रकरणमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपमा छानबिनका लागि संसदीय छानबिन समिति गठन हुने भएको छ।
उक्त समितिका लागि दलहरूसँग सांसदहरूको नाम मगिएको संसद् सचिवालयका एक अधिकारीले बताएका छन्।
बुधबार ११ बजे बस्ने संसद् बैठक २ बजे सम्म स्थगित गरेर दलहरू छलफलमा जुटेका छन्। उक्त छलफलमा सभामुख, मन्त्रीहरू र दलका सचेतकहरू रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।