काठमाडौं- बुधबार ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक २ बजे सम्मलाई स्थगित गरेर तीन दल छलफलमा जुटेका छन्।
अर्थमन्त्रीको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संसद् सुरु गर्नेबारे छलफल भइरहेको एक मन्त्रीले जनाकारी दिए।
उक्त छलफलमा कानुन मन्त्री लगायत मन्त्रीहरू, सभामुख र एमालेका सचेतक रहेको बताइएको छ।
बुधबारको संसद बैठकमा आफू विरूद्ध उठेका प्रश्नको जवाफ दिने तयारीमा रहेका अर्थमन्त्री शर्मालाई एमालेले बहिस्कार गर्ने अडान लिएसँगै दलहरु त्रिपक्षीय छलफलमा जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।