काठमाडौं- अर्थ मन्त्रालयका अर्थ सचिव मधु मरासिनी बिदामा बसेका छन्। उनले मंगलवार मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर बिदा स्वीकृति गराएका हुन्।
उनले बिदाको अवधि भनेको नतोकिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। अर्थमन्त्री जनार्दन शर्माका कारण आफूमाथि समेत प्रश्न उठेपछि उनले बिदा लिएका हुन्। मरासिनीले आफू निकटस्थसँग अर्थमन्त्री शर्मा रहँदासम्म उक्त जिम्मेवारीमा नफर्कने बताएका छन्।
अनधिकृत व्यक्ति अर्थ मन्त्रालयको बजेट निर्माणमा प्रवेश गराएर करको दर हेरफेर गराएको विषयमा विवाद भइरहेको छ। अर्थमन्त्री शर्मामाथि राजीनामा दिन दबाब बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।