काठमाडौं– नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे संसदीय छानबिन गर्न माग गरेका छन्। उनले संसद्बाट आजै संसदीय समिति निर्माण गर्न माग गरेका छन्।
बजेट निर्माणका बेलाको विषय संसद् र संसद्बाहिर चासोको रुपमा हेरिएको भन्दै उनले यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्।
‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर संसद् र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ। विगतमा पनि संसद्को यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ,’ खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।