काठमाडौं– नेकपा माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी समिति घोषणा गर्ने भएको छ। मंगलबार बसेको पूर्वस्थायी समिति र ईञ्चार्जको बैठकले गरेको निर्णयानुसार बुधबार पदाधिकारी घोषणा हुन लागेको हो।
माओवादी नेता गणेश साहका अनुसार पदाधिकारी र स्थायी समिति सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ।
‘सबै जिम्मेवारी अध्यक्षलाई दिइएको छ। उहाँले केन्द्रीय समितिको बैठकमा नाम घोषणा गर्नुहुन्छ’, उनले भने।
उक्त नाममा कसैको विमति भए विमतिका रुपमा दर्ज हुने साहले बताए। त्यस्तो अवस्थामा बहुमतले पारित गरेर अघि बढ्ने बैठकमा सहमति भएको छ।
आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन नसक्दा मंगलबार नबसेर बुधबारका लागि सरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।