काठमाडौं- न्यायपरिषद्ले न्यायाधीश नियुक्ती सम्बन्धी मापदण्डलाई पारित गरेको छ।
मंगलबार कानुन मन्त्री गोविन्द कोइराला, कायमुकायम प्रधान्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की तथा परिषद् सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सम्मिलित न्यायपरिषद् बैठकले उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति सम्बन्धी मापदण्ड पारित गरेको हो।
यससँगै जिल्ला र उच्च अदालतलमा न्यायाधीश नियुक्तिको बाटो खुलेको छ। न्यायपरिषद्बाट पारित मापदण्ड राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ।
मापदण्ड पारित भएकाले अब छिट्टै न्यायाधीश नियुक्तिको प्रकृया अघि बढाउने कानुनमन्त्री कोइरालाले बताए।
मापदण्ड पारित नहुँदा जिल्ला र उच्च अदालतमा लामो समययता न्यायाधीश नियुक्त हुन सकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।