काठमाडौं– सरकारले नागरिकता विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
लामो समयदेखि प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक मंगलबारको बैठकले फिर्ता लिने निर्णय गरेको हो। उक्त विधेयक चालु अधिवेशनबाटै पारित गर्नुपर्ने दबाब थियो। तर, मन्त्रिपरिषद् बैठकको निर्णयले अब अन्योल भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधि सभामा उक्त विधेयक दर्ता गरेको थियो।
उक्त विधेयकमाथि प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले छलफल गरी प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेको थियो। सरकारले यसअघि यसै अधिवेशनबाट विधेयक पारित गर्ने भने पनि मंगलबारको बैठकबाट फिर्ता लिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।