काठमाडौं– नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन निजामती र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै असार मसान्तभित्र जिल्ला न्यायाधीश नियुक्त गर्न माग गरेका हुन्।
साथै उनीहरुले न्यायपरिषद्ले न्यायाधीश नियुक्ति सम्बन्धी ल्याउन लागेको मापदण्डप्रति पनि आपत्ति जनाएका छन्।
‘न्यायाधीश नियुक्तिको मापदण्डसमेत न्यायपालिकामा काम गर्ने कर्मचारीको हित विपरीत अमूक राजनीतिक स्वार्थमुखि तरिकाले ल्याउन लागिएको भन्ने विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशित हुन आएकाले यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
उनीहरुले मापदण्ड बनाउनु, नीति बनाउनु सकारात्मक परिर्वतनका लागि आवश्यक भए पनि यसै मापदण्डको हवाला दिँदै न्यायाधीश नियुक्तिमा ढिलाइ गर्ने कुरा स्वीकार्य नहुने बताएका छन्।
यस्ताे छ विज्ञप्ति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।