काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघले प्रदर्शन गरेको छ। नेकपा एमाले निकटको युव संघ नेपालले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै मंगलबार काठमाडौंस्थित सिंहदरबार नजिक प्रदर्शन गरेको हो।
बजेट निर्माण गर्दा बिचौलियाको अनधिकृत प्रवेश गराएको भन्दै मन्त्री शर्माको बिरोध भइरहँदा युवा संघले पनि प्रदर्शन गरेको हो। प्रदर्शनकारीले मन्त्री शर्माको राजीनामा माग गरेका छन्।
बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्मा बिरोध भइरहेको थियो भने एमालेले उक्त समयको सीसीटीभी फुटेज हेर्न पाउनु पर्ने माग गरेको थियो। तर सीसीटीभी फुटेज डिलिड भएको जानकारी आएसँगै उनको थप आलोचना भइरहेको छ।
राजनीतिक दलका साथै नागरिक समाजका अगुवाहरुले पनि मन्त्री शर्माको राजीनामा माग गरिरहेका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।